मासु थोर खाए प्रोटिन, धेर खाए दुर्दिन

मासु थोर खाए प्रोटिन, धेर खाए दुर्दिन

काठमाडौं : दसैंको बेला मासुका परिकार खाइरहनुभएको छ ? तर ख्याल गर्नुस्। सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन मिल्छ। धेरै खाँदा भने स्वास्थ्यमा गडबडी हुन्छ।

मासु पौष्टिक आहार मानिन्छ। यसमा प्रोटिन पाइने हुँदा शारीरिक विकासमा सहयोग गर्छ। तर कति खाने ? धेरै प्रोटिनयुक्त खानेकुराले फाइदा साटो हानि गर्छ। शरीरमा उच्च रक्तचाप र युरिक एसिड बढाउँछ। 

दिनमा प्रतिव्यक्ति एक पाउभन्दा थोरै मासु खाए पनि शरीरलाई चाहिने प्रोटिन भरपुर पुग्ने वरिष्ठ पेटरोग विशेषज्ञ प्राडा. विधाननिधि पौडेल बताउँछन्। ‘सयदेखि डेढ सय ग्राम मासु खाए हुन्छ। 

एक व्यक्तिले एक पाउभन्दा थोरै खाँदा नै फाइदा पुग्छ। धेरै खाँदा हानि गर्छ,’ डा. पौडेलले भने। मासुलगायतका खानपानमा हेलचेक्र्याई गर्दा दसैंमा झाडापखाला (डायरिया) र खाद्य विषाक्तता (फुड प्वाइजन)का साथै उच्च रक्तचाप हुने, कोलेस्ट्रोल बढ्ने उनको भनाइ छ।

पशुको टाउको, आन्द्राभुँडी र रक्ति सेवन नगर्न चिकित्सकको सुझाव छ। मनपरी ढंगले मासु र मदिरा खाने, तास खेल्नेलगायतका दिनचर्याले अस्वस्थ बनाउने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन्।  

दिनमा प्रतिव्यक्ति एक पाउभन्दा थोरै मासु खाए पनि शरीरलाई आवश्यक प्रोटिन पुग्छ

पौष्टिक आहार भएकाले मासु खानुपर्छ। धेरै चिल्लो, तारेको, पोलेको (सेकुवा) खाँदा उच्च रक्तचाप बढाउँछ। हृदयाघात एवं मस्तिष्कघाततर्फ डोर्‍याउँछ,’ उनले भने।

जनघनत्व धेरै भएका काठमाडौं, पोखरालगायत क्षेत्रमा मासुका लागि दिनहुँ पशुपन्छी किनबेच भइरहेको छ। ती रोगाएका त छैनन् ? यसतर्फ पनि सचेत हुनुपर्ने चिकित्सकको भनाइ छ। 

मसलेदार, चिल्लो एवं गुलियोका साथै मदिरा सेवन गर्दा उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेहले पिरोल्ने सम्भावना रहेकोले खानपिनमा सजग हुनुपर्ने चिकित्सकको सुझाव छ।

दसैंमा खसीबोका, राँगाभैंसी, च्यांग्रा, बंगुर, कुखुरा, अस्ट्रिचको मासु बढी खपत हुने गरेको वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बताए। खसीबोका, राँगा, भेडाको मासुलाई रातो मासुका रूपमा लिइन्छ। 

यसलाई रोगको भण्डार मानिने चिकित्सकको भनाइ छ। रातोभन्दा सेतो मासु स्वस्थकर मानिन्छ। कुखुराको मासु र माछा सेवन गर्दा फाइदाजनक हुने चिकित्सकको सुझाव छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.