कांग्रेसको दसैं शुभकामना : दलगत स्वार्थ भन्दामाथि उठौं

कांग्रेसको दसैं शुभकामना : दलगत स्वार्थ भन्दामाथि उठौं

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दसैंको शुभकामना दिँदै आर्थिक विकासको लागि दलगत स्वार्थ र सीमा भन्दामाथि उठेर अगाडि बढ्न आह्वान गरेको छ।

 
सभापति शेरबहादुर देउवाद्वारा जारी  विज्ञप्तिमा आर्थिक विकासप्रति जनताको चाहनाका लागि सबै एकजुट भएर मुलुकको विकासमा अग्रसर हुनु पर्ने बेला आएको उल्लेख गरिएको छ। 

‘मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन विजया दशमीले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु', सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।  
    
विजया दशमी एक धार्मिक र सांस्कृतिक पर्व भएको उल्लेख गर्दै  अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रुपमा मनाउँदै आएको  जनाइएको छ। 

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र भएको बताउँदै मौलिक भेषभूषासहितका विविधता  राष्ट्रिय पहिचान बनेका  उल्लेख छ। 
 ‘निहित बन्धुत्व भावले विविधता बीचमा पनि अनुपम एकता कायम गरेको  छ,' विज्ञप्तिमा भनिएको छ,‘विविधता बीचको एकता नेपालीको विशेषताको रुपमा परिचायक  पनि हो। विजया दशमीले हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ।'

नेपाली जनताको लामो त्याग र वलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधि मार्फत निर्माण भएको नेपालको संविधान बमोजिम  कांग्रेसको नेतृत्वमा स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरु सम्पन्न भई संविधानको सफल कार्यान्वयन भैसकेको उल्लेख गर्दै संक्रमणकालिन राजनीतिबाट मुलुकले निकास पाएको जनाइएको छ।
    
 विज्ञप्तिमार्फत एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजया दशमी पर्वले मतभेद विर्सेर, देशको सर्वांगीण हितमा संलग्न हुने शक्ति प्रदान गरोस भन्ने शुभकामना दिइएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.