प्रहरी कार्यालय जोडिएको घरमा महिलाको हत्या

प्रहरी कार्यालय जोडिएको घरमा महिलाको हत्या

राजविराज : राजविराज नगरपालिका–६ स्थित जिल्ला प्रहरी कार्यालयसँग जोडिएकै घरमा शुक्रबार एक एकल महिलाको हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र कार्यालय प्रमुखको निवास जोडिएको घरमा एक्लै बस्दै आएकी ५० वर्षीया आशादेवी देवको हत्या भएको सप्तरी प्रहरीले जनाएको छ।

मृतकको टाउकोमा इँटाले प्रहार गरी हत्या भएको रक्ताम्य शव शुक्रबार बिहान फेला परेको हो। छिमेकीले बिहान घरको ढोका खुल्ला देखेपछि र देवलाई बोलाउँदा नबोलेपछि उनले प्रहरीलाई खबर गरेका थिए। 

मृतकको टाउको र दायाँ आँखामा गम्भीर चोट लागेको प्रहरी निरीक्षक सुजता तुम्वाहाङ्गफेले बताइन्। प्रहरीका अनुसार टाउकोमा ६ इञ्च लम्बाई र चार इञ्च चौडाई गहिरो चोट लागेको छ।

रगत लागेको इँटा प्रहरीले बरामद गरेको छ। शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित अञ्चल अस्पतालमा राखिएको छ।

मृतककी आमा राजविराज १६ बोरिया निवासी दुर्गादेवी वैश्यको एक साता अघि मृत्यु भएको मृतकका भतिजा निरजकुमार चौधरीले जानकारी दिए।  हत्या भएको आशादेवी देवको शव ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.