टीकाको दिन ट्याक्सीको लुट : मिटरमा चल्न मानेनन्

टीकाको दिन  ट्याक्सीको लुट : मिटरमा चल्न मानेनन्

काठमाडौं : प्रधानमन्त्री कार्यालयको निर्देशनको अवज्ञा गर्दै  विजयादशमीको बिदाको समयमा चल्ने ट्याक्सीले मनपरी रुपमा भाडा असुली गरिरहेका छन् । विजयादशमीमा सार्वजनिक सवारी साधन न्युन रुपमा चलेका कारण ट्याक्सीको मनोमानी बढेको छ । प्रधानमन्त्री कार्यालयले मिटरमा नचलाएमा कारवाही गर्ने निर्देशन दिएपनि उनीहरुले मिटरमा चल्न मानेका छैनन् ।

 कलंकीबाट कोटेश्वर आएकी सुशीला शर्माले मिटरमा आउन कुनै पनि ट्याक्सीले नमानेको बताएकी छन् । ‘मिटरको कुरा गर्याे भने त उल्टै झगडाको पो गर्छन,’ उनले भनिन,‘आज दसैको दिन कहाँ मिटर चल्ने हो, यस्ता निर्देशन त कति हुन्छन् हुन्छन् पो भन्छन ।’ दिउँसो मिटरमा जानु पर्ने कुरा गर्दा नैकापबाट कंलकी आउँदै गरेको  २०१२ नम्बरको ट्याक्सी यात्रुमाथि जाइ लागेको छ ।

 ग्वार्कोको कौशलटार  आएका हरिस थापाले  सरकारको निर्देशन कुनै पनि ट्याक्सी नमानेको बताए । उनले सवारी साधन नचलेका कारण अझ ट्याक्सीले ब्रह्मलुट गरेको गुनासो गरे । उनले ग्वार्कोबाट कौशलटारसम्मको पाँच रुपैया तिर्न परेको बताए । 

कंलकी, कालीमाटी, ग्वार्को, कोटेश्वर, बानेश्वर, कौलशटार लगायतका अधिकांश स्थानमा ट्याक्सीले मिटरमा चल्न मानेकाे यात्रुहरु बताउँछन् । उनीहरुले मिटर जानुभन्दा त खाली नै बस्ने उत्तर यात्रुलाई दिइरहेका छन् ।  सरकारले उपत्यकामा ट्याक्सीलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न  निर्देशन दिँदै मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, यातायात व्यवस्था विभागलगायत कार्यालयका उच्च अधिकारीको बैठकले मिटरमा सञ्चालन नगर्ने ट्याक्सीलाई कारवाही गर्न निर्देशन दिएको हो ।

सरकारको  निर्णय पालना नगरेमा ट्राफिक प्रहरीको फोन नं १०३, ४२१९६४१ एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको ४२११०८७ र ९८५११४५०४५ मा खबर गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । 
उपत्यकामा पहिचान भएका ६६ वटा ‘रुट’मा निर्धारित बिसौनीमा मात्र यात्रुलाई चढाउन, ओराल्न निर्देशन दिइएको छ । हेलो सरकारले आएका गुनासा ट्राफिक कार्यालयमा पठाएको जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.