मनोहरा तथा हनुमन्ते नदी सफाइ : तीन टन फोहर संकलन

मनोहरा तथा हनुमन्ते नदी सफाइ : तीन टन फोहर संकलन

काठमाडौं :  नेपालीको महान पर्व विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई निरन्तरता दिँदै तीन टन फोहर संकलन गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरको संगम स्थलमा शनिबार भएको मनोहरा सफाइ सम्पदा बचाउन महाअभियानको ८४औं हप्ता तथा हनुमन्ते नदी सफाइ अभियानको ३४औं हप्ताको संयुक्त कार्यक्रम सम्पन्न भएको हो । 

उक्त अभियानमा नेपाल चलचित्र बोर्डका अध्यक्ष, त्रीपुरा संगम समाज तथा हनुमन्ते नदी सफाइ अभियानका सल्लाहकार रामकेशर बोगटीको निधनको  १२औं दिनमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सफाइ कार्यक्रम गरियो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बोगटीका योजना तथा अधुरा काम सम्पन्न गर्नु नै उनको सच्चा श्रद्धाञ्जलि हुने बताए।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बोगटीले चलचित्रको माध्यमबाट नेपाललाई विश्वसामु परिचित गराउँदै चलचित्र क्षेत्रलाई व्यवसायिक तथा प्रतिस्पर्धी बनाउन सफल भएको बताए। 

नेपाली सेना, नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, विभिन्न संघसंस्था तथा स्थानीयवासी गरी करीव २ सय जना रहेको उक्त सफाइ अभियानबाट  करीव तीन टन फोहर संकलन गरिएको मनोहरा सफाइ सम्पदा बचाउ महाअभियान तथा हनुमन्ते नदी सफाइका उत्प्रेरक रुद्र पौडेलले बताए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.