रुकुमकोटमा आगलागी, एक घाइते

रुकुमकोटमा आगलागी, एक घाइते

रुकुम : रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ रुकुमकोटका ७५ वर्षीय दिलबहादुर बुढाको घरमा आगलागी भएको छ । आगलागीबाट अन्नपात, धनमानसहित घर जलेर ध्वस्त भएको छ भने ३८ वर्षीया बुहारी मोतिकला बुढा घाइते भएकी छन् ।

गोठमा बाँधेको भैँसी पनि  घाइते भएको छ ।  घाइते मोतिकलालाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ । उनका हात, खुट्टा र ढाड पोलिएका छन् ।  खाना पकाउँदा आगलानी भएको हुन सक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।

स्थानीय सरकारले सहयोग नगरेको गुनासो गरेको गुनासो पीडित दिलबहादुरले गरेको छन् । यता जिल्ला प्रशासन कार्यालय रुकुमले तत्कालको लागि पीडितलाई राहत उपलब्ध गराएको छ । 

बस्ने बास र खाने गाँससमेत नरहेपछि घट्ना लगत्तै बुढाको परिवारलाई राहत कोषबाट राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी  शर्माले  बताए । प्रजिअ शर्माका अनुसार घटनास्थलमै पुगी बुढाका परिवारलाई उपचारको लागि नगद  ३० हजार रुपैयाँ, एक बोरा चामल, दुई लिटर तेल, पाँच किलो चिउरा, दुई किलो दाल र दुई किलो नुन वितरण गरिएको हो । 

घरमा मासु पकाउने क्रममा एक्कासी कराइको तेल बलेर सिस्ने  बुढाको घरमा गएराति साढे एघार बजे आगलागी हुँदा घरमा रहेको ५५ हजार नगद, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा सबै जलेर नष्ट भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.