नवलपरासीमा बस दुर्घटना : पाँचको मृत्यु, ४२ गम्भीर घाइते

नवलपरासीमा बस दुर्घटना : पाँचको मृत्यु, ४२ गम्भीर घाइते

नवलपरासी : नवलपरासीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। ४२ जना गम्भीर घाइते छन् । बसमा करिब ६० यात्रु सवार रहेको प्रहरीको अनुमान छ ।

सुनसरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस आइतबार बिहान करिब साढे पाँच बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार पाँच यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत भएको छैन । गम्भीर घाइते ४२ जनाको चितवनको भरतपुर अस्पतालमा उपचार भइराखेको छ ।

प्रहरीका अनुसार बस सडकबाट अनियन्त्रित भएर २० मिटर तल खसेको छ  । ४२ घाइतेलाई चितवन पठाइएको छ भने अन्य सामान्य घाइतेको स्थानीय मेडिकलमा उपचार भइराखेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.