बस दुर्घटना : मृतक ६ मध्ये पाँचको परिचय खुल्यो

बस दुर्घटना : मृतक ६ मध्ये पाँचको परिचय खुल्यो

परासी : पूर्वीनवलपरासीको मध्यबिन्दु नगरपालिका-११ दमारचोकमा आइतबार बिहान भएको दुर्घटनामा मृत्यु हुने ६ मध्ये पाँच जनाको पहिचान भएको छ। 

मृत्यु हुनेमा मोरङ सुन्दरहरैया-१२ का ११वर्षीय सुहन कार्की, सुनसरी घर भइ जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, भोजपुर हतुवागढी गाउँपालिकाका २७ वर्षीय रामजित राई, गुल्मी हस्तचौर गाउँपालिका-२ घर भई मोरङ लेटाङमा नेपाली सेनामा कार्यरत ३५ वर्षीय तीलक विष्ट र भारत बिहार श्रीनगरका विधानन्द यादव रहेको पूर्वी जिल्ला प्रहरी कार्यालयले जनाएको छ। एक जनाको पहिचान हुन सकेको छैन।

धरानबाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरको  बस मोड सडकमा अनियन्त्रित हुदा दुर्घटना भएको हो।  दुर्घटनामा ५१ जना घाइते भएका छन्। ४१ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बसमा करिब ६० यात्रु सवार थिए। गम्भीर घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। अन्यको मनकामना पोलिक्लिनक कावासोतीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.