चालकको लापरवाहीले दुर्घटना

चालकको लापरवाहीले दुर्घटना

कावासोती : ६ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको मुख्य कारण चालकको लापरवाही भएको प्रहरीले जनाएको छ । धरानबाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरको  बस आइतबार बिहान साढे ५ बजे पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ दमारचोकमा दुर्घटना भएको थियो । दुर्घटनामा ५१ जना घाइते भएका छन् । तीमध्ये ३७ जनाको अवस्था गम्भीर छ । 

तीब्र गतिमा रहेको बस घुमाउरो सडकमा अनियन्त्रित हुँदा २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले बताए । अगाडी घुमाउरो सडक भएको थाहा भएपनि चालकले गति नियन्त्रण नगर्दा अनियन्त्रि भइ बस तल खसेको उनले बताए । ‘बस आफ्नो साइडभन्दा विपरित साइडबाट गुडेको थियो । यदि अर्को सवारीसाधन अगाडीबाट आएको भए झन ठूलो दुर्घटना हुने थियो।’ प्रहरी उपरीक्षक थापाले भने । 

 हेडलाइट मधुरो हुँदाहुँदै पनि चालकले वास्ता नगरी बस चलाएको यात्रुलाई उद्धृत गर्दै थापाल बताए।  ४५ जना क्षमता भएको रात्री बसमा ५० बढी यात्रु सवार थिए । बस काउन्टरबाट ३५ जनाले टिकट काटेर यात्रा गरेको प्रहरीले जनाएको छ । अन्य यात्रुहरु विभिन्न स्थानबाट चढेका हुन् । यात्रुमध्ये केही दसैं सकेर कार्यथलोमा फर्केका कर्मचारी छन् भने केही दसैंको टीका थाप्न आफन्तकोमा जान लागेहरु छन् । 

दुर्घटनामा परी मृत्यु हुनेमा मोरङ सुन्दरहरैया–१२ का ११ वर्षीय सुहन कार्की, सुनसरी घर भइ जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीय अब्दुल अन्सारी, भोजपुर हतुवागढी गाउँपालिकाका २७ वर्षीय रामजित राई, गुल्मी हस्तचौर गाउँपालिका–२ घर भई मोरङ लेटाङमा नेपाली सेनामा कार्यरत ३५ वर्षीय तीलक विष्ट र भारत बिहार श्रीनगरका विधानन्द यादव रहेको पूर्वी जिल्ला प्रहरी कार्यालयले जनाएको छ। एक जनाको पहिचान हुन सकेको छैन। 

  गम्भीर घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरु उपचारपछि गन्तव्यमा गएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.