राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता

राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता

नवलपरासी : एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म 'राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५' हुने भएको छ। पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुने प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौं, पाल्पा, मकवानपुरसहित ए डिभिजनका र विभागीय टिमसहित १२ टिमको सहभागिता रहने छ। 

हरेक वर्ष एक सिङ्गे गैँडा संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज, नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्वारा आयोजनामा हुने सो प्रतियोगिता विगत १५ वर्षदेखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको आयोजक नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिए। 

प्रतियोगितामा प्रथम हुनेले चार लाख ९९ हजार ५५५ साथै आन्तरिक पर्यटन विकास गर्न होमस्टे भ्रमणका लागि ५१ हजार र द्धितीय हुनेले दुई लाख ५० हजार ५५५ पुरस्कार पाउने छन्।  यसैगरी प्रतियोगिता भरको उत्कृष्ट खेलाडीलाई १० हजार, सर्वाधिक गोलकर्तालाई १० हजारसहित प्रमाणपत्र शिल्ड प्रदान गरिने छ भने टिम एलायन्सबापत प्रतिखेल तीन हजारका दरले उपलब्ध गराइने छ। 

गैँडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाको सहभागिता बढाउने, खेलकुद र पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक वृद्धि गर्नेलगायतका उद्देश्य राखेर प्रतियोगिता आयोजना गर्न लागिएको हो। - रासस
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.