छोरी स्याहार्दै केट हड्सन
हलिउड अभिनेत्री केट हड्सनले मातृत्व सुख लिन सुरु गरेकी छिन्। उनका पति ड्यानी फुजिकावा हुन्। उनी अहिले छोरीको स्याहारसुसारमा व्यस्त छिन्।
गत साता ३९ वर्षको उमेरमा उनी पहिलोपटक आमा भएकी हुन्। छोरी जन्मिएपछि उनले इन्स्टाग्राममार्फत आफूहरूलाई पुत्री लाभ भएको जानकारी दिएकी थिइन्।
पतिसँग मिलेर उनले छोरीको नामसमेत तय गरिसकेकी छिन्, रानी रोज हड्सन फुजिकावा।
‘छोटकरीमा आफू हाम्री छोरीलाई रानी भनी बोलाउनेछौँ,’ केटले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मेरो ससुराको नाम रोन फुजिकावा थियो। उहाँ हाम्रा लागि विशिष्ट हुनुहुन्छ। उहाँको सम्मान गर्दै उहाँकै नामसँग मिल्ने गरी छोरीको नामकरण गरेका हौँ।’