महिला फुटबल टोली थाइल्यान्ड प्रस्थान

महिला फुटबल टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं  : थाइल्यान्डमा बुधबारदेखि सुरु हुने एएफसी यू– १९ महिला च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागी बन्न नेपाली महिला टोली सोमबार थाइल्यान्ड प्रस्थान गरेको छ । छनोट खेलमा नेपवाल समूह ‘बी’ मा परेको छ ।

यस समूहमा आयोजक थाइल्यान्डसहित नेपाल, भारत र पाकिस्तान रहेका छन् । समूहको पहिलो खेल नेपालले बुधबार आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले दोस्रो खेल अक्टोबर २६ तारिख भारत र अन्तिम खेल अक्टोबर २८ मा पाकिस्तानसँग खेल्नेछ । समूहको शीर्ष टोली आगामी अप्रिलमा आयोजना हुने फाइनल चरणका लागि छनोट हुनेछ । उत्कृष्ट दुई उपविजेता टोलीले समेत फाइनलमा स्थान बनाउनेछन् । फाइनल चरणमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपका लागि चीन, जापान र उत्तर कोरिया छनोट भइसकेका छन् ।

सरु लिम्बूको कप्तानीमा रहेको नेपाली टोलीमा २४ खेलाडी छन् । गोलरक्षकमा अञ्जना रानामगर, उषा नाथ र रविता राई छन् । रक्षकमा निशा थोकर, सुष्मा महर्जन, रोजिना       श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फरसवान र पूजा रानामगर छन् । मिडफिल्डका कप्तान सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, सुभद्रा खड्का, अस्मिता वैद्य, मनीषा राउत, सुवानी कुस्वार, सिर्जनासिंह ठकुरी र सम्झना लावती छन् ।

यसैगरी स्ट्राइकरमा रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जिम्बा र सम्झना शर्मा छन् । हालै भुटानमा भएको यू–१८ साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टोलीले यस च्याम्पियनसिपमा छनोटको लक्ष्य राखेको टोलीका प्रशिक्षक हरिओम       श्रेष्ठले बताए । दसैंअघि साफ खेलेको नेपाली टोलीले दसैंपछि तीन दिन मात्र तयारी गरेर थाइल्यान्ड गएको हो । टोलीको सहायक प्रशिक्षकमा       श्रीप्रकाश वैद्य र गोलरक्षक प्रशिक्षकमा अस्मिता खवास रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.