३० वर्षदेखि अमेरिकी नागरिक नेपाल भ्रमणमा
काठमाडौं : २०४६ सालमा सगरमाथा आधारशिविरको पदयात्रा गरेकी अमेरिकी नागरिक सिन्डी ओउट्ला ३० वर्ष पछि फेरि यसै महिना सगरमाथा आधारशिविरको पदयात्रा गरिन्। ६० वर्षीया सिन्डीले ओउट्ला आफू मात्र नभएर १२ जना अमेरिकी पर्यटकको टिम लिडर भएर पदयात्रामा गएकी छन्।
संखुवासभाका ट्रेकिङ व्यवसायी छिरिङ शेर्पासँग पहिलो पटक पदयात्रा गरेकी उनी फेरी छिरिङसँगै पदयात्रा छिन्। नेपाललाई अधिक माया गर्ने उनी भन्छिन् , 'चार दर्जन बढी देशको भ्रमण गरीसकेँ, तर यस्तो सुन्दर देश भेटिन। त्यसैले समय मिलाएर नेपालनै घुम्न आउने गरेकी छु।'
पर्यटक मात्र नभएर अमेरिकामा नेपाली प्रतिनिधि जस्तै बनेर नेपालको प्राकृतिक सुन्दरताबारे प्रचारप्रसार गर्दै आएकी छिन्। गाइड छिरिङ शेर्पा हाल अमेरिकाको क्लालिफोर्नियामा होटल व्यवसाय गर्छन्।
उनी छिरिङसँग सहकार्य गरी प्रत्येक बर्ष नेपालमा पर्यटक भित्राउँदै आएकी छन्। उनी भन्छिन्, 'समग्र अमेरिकाबासीले नेपालको सुन्दरतालाई चिनेको छैन।म सबैलाई भन्ने सुनाउने गर्छु।' उनका कारण वर्षेनी ५० जनासम्म पर्यटक घुम्न आउने गरेको भनाई सिन्डीको छ। २९ वर्षदेखि निरन्तर टिम लिडर नै बनेर नेपालमा अमेरिकी पर्यटकहरु भित्राउँदै आएकी उनी भने गुमनाम छन्। नेपाललाई अधिक माया गर्ने उनी समय मिल्नासाथ साथीहरुको समुह बनाएर घुम्न आउने गर्छिन्।
२०७५ असोज ३० गते सगरमाथा आधारशिविर क्षेत्रको पदयात्राका क्रममा छिरिङ शेर्पा, सिन्डी ओउट्लासहितका साथीहरु।
तीन दशक अघि देखेको खुम्बु क्षेत्रको सून्दरता र शेर्पा जातिको संस्कृति दुरुस्तै देख्न नपाएको उनी बताउँछिन्। हिमालमा हिउँ कम भएर गएको अनुभव उनको छ। सी लेवलको शहरमा जीवन विताउदै आएका अमेरिकी नागरिकहरु सर्वोच्च शिखर सगरमाथालाई देख्न पाउँदा स्वर्ग पुगेको अनुभूति गर्ने गरेको गाइड छिरिङ शेर्पाले बताए।
ट्रेकिङ क्षेत्रको अनुभव नभएको र नेपालको परिवेशनै जानकारी नभएकालाई पर्यटन क्षेत्रको विकास गर्न पर्यटनदूत तोक्नु मुख्य समस्या भएको विदेशी व्यवसायीहरुको भनाई छ। पर्यटन प्रर्वद्र्धनमा कुनै भूमिका नखेलेको भन्दै दक्ष व्यक्तिलाई अमेरिकाको प्रत्येक प्रान्तमा दुत बनाएर पठाउन उनले सरकारसँग आग्रह गरे। 'सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक भित्राउने लक्ष्य स्वभाविक हो। विदेशमा बस्ने नेपालीहरुले चासो देखाए २० लाख हैन ३० लाख पुग्ने छ,' शेर्पाले भने।
छिरिङ शेर्पा, सिन्डी ओउट्लासहितका साथीहरु सगरमाथा आधारशिविरको पदयात्राका क्रममा २०४६ सालमा खिचेको फोटो।