चीन र रूसलार्इ ट्रम्पकाे धम्की : अमेरिकाले जवाफी हतियार बनाउँछ !
वासिङ्टन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र चीनमाथि दवाव सिर्जना गर्न परमाणु हतियारलार्इ बलियो बनाउनुपर्ने भन्दै चेतावनी दिएका छन् ।
रूसले १९८७ को इन्टरमिडिएट रेन्ज न्यूक्लियर फर्सेन्ज (आईएनएफ) सन्धि उल्लङ्घन गरेको दावी गर्दै पत्रकारसँगको एक कुराकानीमा राष्ट्रपति ट्रम्पले अमेरिका परमाणु हतियारमा बलियो हुनुपर्ने बताएका हुन्। ट्रम्पले लगाएको सन्धि उल्लङ्घनको आरोपलार्इ रुसले खण्डन गर्दै अाएकाे छ ।
शीतयुद्ध चलिरहेका बेला भएकाे यो सन्धिले मध्यम दूरीको मिसाइल बनाउन प्रतिबन्ध लगाएको थियो। साथै यस सन्धिलार्इ यूरोपका देशहरुमा सोभियत संघको खतरालार्इ कम गर्न लागु गरिएको थियो।
'रुसले अरु हतियार बनाउँछ भने हामी पनि त्यसको जवाफमा हतियार बताउँछौं' ट्रम्पले धम्किपूर्ण भावमा पत्रकार समक्ष भने,'यो धम्की हो। यो धम्की जसलार्इ पनि हुनसक्छ। त्यो चीनलार्इ पनि हुनसक्छ, रुसलार्इ पनि हुन सक्छ। उनीहरु खेल खेल्न चहान्छन्। सम्झौता पालना गर्दैनन्।'