लोप हुनै लागेको सरायँमा युवा आकर्षण (तस्बिर सहित )

लोप हुनै लागेको सरायँमा युवा आकर्षण (तस्बिर सहित )

बांगेमरोठ, प्यूठान : विजया दशमीको बाह्रौ दिनमा लाग्ने झिमरुक गाउँपालिका-४ बांगेमरोठस्थित भगवती कोटको द्वादशी  मेलाको सरायँ नाचमा युवाको आकर्षण उत्साहजनक देखियो। धेरैजसो कामको शिलशिलामा जिल्लाबाहिर रहेका युवा दसैंमा घर आएको बेला सरायँमा झुमेको देखिन्थे।

उनीहरुसँगै महिला, बृद्धबृद्धा पनि वँखै, वँखै गर्दै सरायँमा सहभागी भए। विगतका वर्षको तुलनामा यसवर्षको सरायँ मेलामा दर्शनार्थीको संख्या उत्साहजनक देखिएको कोट व्यवस्थापन समितिले जनाएको छ।

द्वादशीमा यस क्षेत्रमा मात्र सरायँ मेला लाग्ने भएकाले दर्शनार्थीको घुइँचो लाग्ने गरेको समितिले जनाएको छ। समाज प्रविधिमैत्री बन्दै गएपनि संस्कृतिप्रति नागरिकको चासोमा कमी नदेखिएको स्थानीयको भनाइ छ। 

१९६० सालदेखि बांगेमरोठमा सरायँ नाच हुँदै आएको छ। मन्दिरमा सबै जातजातीको उत्साहजनक सहभागीता हुनेगर्छ। गाउँमा सबै जातीहरुको बसोबास रहेको र सरायँ नाचप्रति युवापुस्ताको आकर्षण बढेको ४८ वर्षदेखि पूजापाठ गर्दै आएका पुजारी वीरबहादुर जिसीले बताए।

'भगवती मन्दिरको दर्शन गरेपछि मनोकांक्षा पुरा हुने विश्वास छ, उनले भने, 'मरोठका धनीहरुले मन्दिर स्थापना गरेका थिए । अहिले गाउँलेको चन्दाबाट मन्दिर चलेको छ।' मन्दिरमा वर्षौ अघिदेखिका सरायँमा प्रयोग हुने हातहतियार रहेको उनले बताए। खुडा, तरवार, त्रिशुल, भुझेरी, चक्कु लगायतका हतियार सरायँमा प्रयोग हुने गर्छन्।

यिनै हतियारसहित खड्क यात्रा निकालिने गरिन्छ। घटस्थापनाको दिनदेखि विजया दशमीसम्म दैनिक महकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिने पुजारीको भनाई छ। पाँचवटा आलामलाई गाउँकै चिद्दारा पँधेरामा लगेर फूलपाती सेलाउने गरिन्छ। आलाम लैजानका लागि तल्लो बांगे, उपल्लो बांगे, चौर, काउछे, बौडा, हरिया, टिमिलडाँडा, सुमन्तेकानालगायत गाउँका युवाको होडबाजी हुनेगर्छ। 

जीर्णद्धार मन्दिरको संरक्षण नहुँदा समस्या भइरहेको कोट व्यवस्थापन समितिका अध्यक्ष डेगेन्द्र विक्रम जिसीले गुनासो गरेका गरे। समाजमैत्री मन्दिर नहुँदा पूजापाठ गर्न समस्या भइरहेको देखिएको छ। मन्दिर परिसरमा तारजाली नहुँदा गाई बाख्राको चरनक्षेत्र बन्ने जोखिम देखिन्छ।

निश्चित व्यक्तिले चन्दा संकलन गरेको भरमा कोट संचालन भइरहेको व्यवस्थापन समितिले जनाएको छ। मन्दिर संरक्षणका लागि सरकारी निकायबाट सहयोग नपाएको समितिको गुनासो छ।

झिमरुक गाउँपालिकाले गत आर्थिक वर्ष पर्खाल निर्माणका लागि एकलाख सहयोग गरेपनि काम बीचमै बन्द भएको छ। यसवर्ष कोट व्यवस्थापनका लागि बजेट विनियोजन नभएको झिमरुक गाउँपालिका अध्यक्ष तिलक जिसीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.