पटाका ल्याउँदा जेल परिएला !

पटाका ल्याउँदा जेल परिएला !

भैरहवा : के तपाई तिहारका लागि सीमावर्ती भारतीय बजारबाट पटाका (विष्फोटक पदार्थ) ल्याउने सोचमा हुनुहुन्छ ? या ल्याइसक्नु भएको छ? यदि पटका ल्याएर तिहार बनाउने सोचमा हुनुहुन्छ भने प्रहरीको फन्दामा परिएला।

किनभने अब प्रहरीले पटाका बरामद गरेमा छुट दिने छैन। पटाका ल्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरी विष्फोटक पदार्थ ऐनअन्र्तगत अदालतमा मुद्दा दायर गरी कारबाही गराउने छ।

रुपन्देही प्रहरीले भारतीय बजारबाट पटाका ल्याउने दुईजनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ। पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका- २ बोदवारका ३० वर्षीय सुभाष हरिजन र तिलोत्तमा नगरपालिका १६ का ३० वर्षीय संजीत अग्रहरी रहेका छन्।

रिक्सामा जुटको बोरामा विभिन्न किसिमका पटाका ल्याएको अवस्थामा उनीहरुलाई पटाकासहित सिद्धार्थनगर नगरपालिका १३ देवकोटा चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हृदय थापाले जानकारी दिए।

उनका अनुसार उनीहरुको साथबाट विभिन्न किसिमका ३ सय ७५ प्याकेट पटाका बरामद भएको छ।हेर्दा केही जस्तो नलाग्ने भएपनि पटाकाले मानिसको ज्यान समेत जानेसक्ने सम्भावना रहेकोले हामी यसमा निकै सजग छौँ, उनले अन्नपूर्ण पोस्ट्सँग भने,' यदि पटाका ल्याएको पाइएमा हामी तत्कालै पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाउँछौं।'

तिहार पटाका बिना पनि मनाउन सकिने हुँदा कसैले कानुन विपरीत कार्य नगर्न समेत उनले आग्रह गरे। रुपन्देही प्रहरीले चाडपर्वलाई लक्षित गरी जिल्लामा सुरक्षा योजना लागू गरेको छ। योजनाअन्र्तगत प्रहरीले जिल्लाको विभिन्न स्थानमा आकस्मिक चेकजाँच गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.