प्रहरीले नै जुवाको खालबाट पैसा लुटेको आरोप
काठमाडौं : म्हेपीको एक घरमा जुवाको खालबाट प्रहरीले नै पैसा लुटेको आरोप लागेको छ। प्रहरी बिट म्हेपीमा कार्यरत असई विचित्र थापामगरले जुवाको खालबाट पाँच लाख लुटेको आरोप लागेको हो।
घटना महानगरीय प्रहरी परिसर टेकुसम्म पुगिसकेको छ। सोमबार राति म्हेपीस्थित रेर्डन कलेज नजिक एक घरमा जुवा खेलिरहेका बेला थापाको टोलीले छापा मारी खालबाट १७ लाख रुपैयाँ बरामद गरेको र पछि बार्गेनिङ चल्दा पाँच लाख रुपैयाँ थापा आफैंले लिएर १२ लाखमात्र फिर्ता दिएको पीडितहरूले जनाएका छन्।
परिसर प्रमुख एसएसपी बसन्त कुमार लामाले घटनाबारे आफू्सम्म कुरा आइसकेकाले थप अनुसन्धान गर्ने र थापा दोषी देखिए कारबाही गर्ने बताए।