शंकास्पद जर्मन र चिनियाँ पक्राउ

शंकास्पद जर्मन र चिनियाँ पक्राउ

काठमाडौं : प्रहरीले शंकास्पद क्रियाकलापको आशंकामा एक जर्मन र उनकी चिनियाँ प्रेमिकालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लामो समयदेखि ‘ओभर स्टे’ रहेका दुवैलाई असोज २५ मा ठमेलबाट पक्राउ गरेको हो। ओभर स्टेका बेला उनीहरूले यहाँ के गरे केही खुलेको छैन। सीआईबीले अनुसन्धानका लागि दुवै जनालाई अध्यागमन विभागमा बुझाएको छ। उनीहरू नेपालस्थित जर्मन दूतावासले दिएको सूचनाका आधारमा पक्राउ परेका हुन्।

काठमाडौंस्थित जर्मन दूतावासले भदौ २७ गते सीआईबीलाई आफ्ना नागरिक आर्ने बेन्जामिन साव र उनकी चिनियाँ प्रेमिका सेइमेङ झाओबारे सूचना दिएको थियो। त्यही सूचनाका आधारमा सीआईबीले उनीहरूलाई ठमेलको सनराइज कटेजबाट पक्राउ गरेको हो। सन् २०१६ देखि अवैध रूपमा बस्दै आएका बेन्जामिन के गर्थे केही खुलेको छैन। गृह मन्त्रालयले विदेशी नागरिक अनुगमन निर्देशिका पारित गरे पनि कार्यान्वयन कमजोर भएकाले विदेशीहरूको प्रभावकारी अनुगमन गर्न सकेको छैन।

बेन्जामिनले जर्मनीमा समेत कुनै अपराध गरे नगरेको केही खुलेको छैन तर उनी स्वदेश फर्कन अनिच्छुक रहेको स्रोतले बताएको छ। स्रोतका अनुसार जर्मन दूतावासका अधिकारीले समेत उनी कारवाहीमा पर्ने डरले स्वदेश फर्कन नमानेको बताउँदै आएका छन्।

बेन्जामिन र उनकी चिनियाँ प्रेमिकाबारे अध्यागमन विभागले अनुसन्धान अघि बढाएको छ। विभागको मुद्दा शाखाका अधिकृत चिरञ्जीवी थापाले उनीहरूमाथि अनुसन्धान भइरहेको बताए। कागजपत्र केही नभएका बेन्जामिनले पछिल्लो पटक भदौ ७ गते ट्राभल डकुमेन्टका लागि ज्ञानेश्वरस्थित जर्मन दूतावासमा निवेदन दिएका थिए। त्यसलगत्तै दूतावासले उनी र उनकी प्रेमिका झाओबारे सीआईबीलाई सूचना दिएको थियो।

दूतावास स्रोतका अनुसार ट्राभल डकुमेन्ट बनाएर उनी थाइल्यान्ड जान खोजेको बताएको छ। जर्मनी फर्कन अनिच्छुक भएकाले दूतावासले उनलाई ट्राभल डकुमेन्ट नदिएको हो। अध्यागमनको अनुसन्धानपछि डिपोर्ट गर्न दूतावासले उनलाई ट्राभल डकुमेन्ट दिनेछ। सन् २०१६ अक्टुबरमा डकुमेन्टका लागि आवेदन दिँदा पनि दूतावासले उनलाई डकुमेन्ट दिएको थिएन। त्यसैबेला आफ्नो राहदानी हराएको दाबी गरेका छन्।

बेन्जामिनकी प्रेमिका झाओ गर्भवती छन्। उनीहरू दुवैलाई सँगसँगै चीन वा जर्मनी पठाउने कानुनी आधार अध्यागमनसँग छैन। उनीहरूलाई एकसाथ पठाउन नेपालस्थित चिनियाँ र जर्मन दूतावासले समेत सहयोग गर्ने सम्भावना न्यून देखिएको छ। हिरासतमा रहेका दुवैलाई के गर्ने विभागले कुनै निर्णय गरेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.