पूर्वपतिसँग फेरि रोमान्स
एजेन्सी: हलिउड अभिनेत्री स्कार्लेट जोहान्सन केही महिनाअघि श्रीमान् रोमेन डरिकसँग अलग भएकी थिइन्। त्यसयता एकल जीवन बिताउँदै आएकी उनको रोमान्स पुनः आरम्भ भएको चर्चा चल्न थालेको छ। हलिउड वृत्तमा चलेको गसिपअनुसार उनले पूर्वपति रोमेनसँगै रोमान्स सुरु गरेकी हुन्।
केही समयअघि उनीहरू एउटा रेस्टुरेन्टमा सँगै खाना खाइरहेको अवस्थामा देखापरेका थिए। अमेरिकी शहर न्युयोर्कको एउटा होटलमा उनीहरू खाना खाइरहेका थिए।
‘तीन वर्षको वैवाहिक जीवनपछि उनीहरू अलग भएका थिए,’समाचारमा भनिएको छ,‘उनीहरूकी छोरी रोज चार वर्षकी भएकी छिन् र आमासँग बस्छिन्। सायद आमाबाबुलाई रोजले नै नजिक्याएकी हुन्।’