किएराको खुलासा: २२ वर्षको उमेरमै मनोरोगी भएँ
एजेन्सी: हलिउड अभिनेत्री किएरा नाइटलीले कुनै समय आफू मनोरोगी रहेको खुलासा गरेकी छिन्। २२ वर्षको उमेरमा आफू ‘पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’ नामक मनोरोगको शिकार भएको उनले बताएकी छिन्।
हालासालैको एउटा अन्तर्वार्तामा ३३ वर्षीया किएराले यस्तो खुलासा गरेकी हुन्। ‘त्यतिबेला मैले पाइरेट्स अफ क्यारेबियन’ सिरिजको एउटा फिल्म र ‘लभ एक्चुअल्ली’मा काम गरेकी थिएँ,’उनले भनिन्,‘पाइरेट्स अफ द क्यारेबियन’ अभूतपूर्व रूपमा सफल भयो। म रातारात हिट भएँ। तर, त्यति नै बेला मनोरोगको शिकार भएँ,’ उनले भनिन्।
केही मानिसले फिल्म र उनको अभिनयको आलोचना पनि गरेका थिए। ‘आलोचनातिर मेरो ध्यान बढी गयो,’ उनले भनिन्, ‘काम गर्दै जाँदा ती फिल्ममा मेरो अभिनय राम्रो भएको रहेछ । तर, मलाई आफूसँग त्यस्तो खुबी छ भन्ने लाग्दैनथ्यो । यसले पनि मलाई मानसिक दबाबमा पार्यो र मानसिक रूपमा बिरामी भएँ।’