बीपी राजमार्ग मर्मतका लागि जापानले अनुदान दिने

बीपी राजमार्ग मर्मतका लागि जापानले अनुदान दिने

काठमाडौं : जापान सरकारले बीपी राजमार्ग मर्मतसम्भार गर्न एक अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा बिहीबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरेका छन् ।

 पूर्वी तराईलाई राजधानी काठमाडौँसँग जोड्ने एकसय ६० किलोमिटर लामो बीपी राजमार्ग जापानी अनुदानमा निर्माण भएको हो । बीस वर्षमा पूरा भएको उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको एक महिनापछिको भूकम्पले प्रभावित भएको थियो । 

आगामी एक वर्षमा मर्मतसम्भारको काम पूरा गर्ने लक्ष्यका साथ माघदेखि कार्यसञ्चालन हुने अर्थ मन्त्रालयले बताएको छ । कार्यक्रममा राजदूत साइगोले नेपालको कृषि उत्पादनलाई बजारसम्म पुर्‍याउने, बालबालिकालाई विद्यालय तथा पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण बीपी राजमार्ग पुनर्निर्माणमा जापानले पुनः सघाएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.