गाउँपालिका अध्यक्षले नै कुटे प्रहरी जवान

गाउँपालिका अध्यक्षले नै कुटे प्रहरी जवान

स्याङ्जा : स्याङजाको हरिनास गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरी जवान रामनारायण चौधरीमाथि कुटपिट गरेका छन् । चौधरी दार्सिङ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान हुन् ।

हरिनास गाउँपालिका–६ दग्दीमा भएको भलिवल प्रतियोगितामा विवाद हुँदा अध्यक्ष मानन्धर पदीय मर्यादा भुलेरै बर्दीधारी सुरक्षाकर्मीमाथि नै जाइलागेका हुन् ।क्याक्मी र दार्सिङका युवाहरुबीच भएको खेलका विवाद बढेपछि सो विवादलाई रोक्न नसकेको भन्दै अध्यक्ष मानन्धरले प्रहरीमाथि आक्रमण गरेको प्रहरी उपरीक्षक जयराज साप्कोटाले जानकारी  दिए ।

‘दुई पक्षको बीचमा विवाद मिलाउन खोज्दा प्रहरी माथि नै हातपात भयो,’ प्रहरी प्रमुख सापकोटाले भने 'थप अनुसन्धानका लागि गाँउपालिकाका अध्यक्ष मानन्धरलाई प्रहरी चौकी बोलाइएको छ ।’ आफ्ना दाई सोमनारायण मानन्धरमाथि आक्रमण हुँदा प्रहरी रमिते बनेको देखेपछि प्रहरी जवानमाथि एक झापड हानेको अध्यक्षले स्वीकार गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.