साफ यु-१५ च्याम्पयनसिप : पहिलो खेलमा पाकिस्तानले भारतलाई हरायो
काठमाडौं: काठमाडौंमा बिहीबारदेखि सुरु भएको साफ यु-१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा दाबेदार भारतलाई पाकिस्तानले पराजित गरेको छ ।
अप्रत्यासित हारको स्वाद चखाउने क्रममा पाकिस्तानले भारतमाथि २-१ को जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा समूह 'बी' को भारत पाकिस्तानसँग पराजित भएको हो ।
समूह चरणको अन्तिम खेलमा अब भारतले आउँदो सोमबार भुटानको सामना गर्नेछ । त्यो खेल भारतका लागि महत्वपूर्ण हुनेछ । भुटानविरुद्ध जित निकाल्न सकेमा भारतलाई अघि बढ्न सहज हुनेछ ।