नेपाल र अमेरिकाको सम्बन्ध सुमधुर बनाउन उत्साहित छु : अमेरिकी राजदूत

नेपाल र अमेरिकाको सम्बन्ध सुमधुर बनाउन उत्साहित छु : अमेरिकी राजदूत

काठमाडौं : नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत र्‍यान्डी बेरीले नेपाल र अमेरिकाको सम्बन्ध थप सुमधुर बनाउन आफू उत्साहित रहेको बताएका छन्। राजदूतको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाए लगत्तै उनले यस्तो बताएका हुन्। 

राष्ट्रपति भवन शीतल निवासमा अन्य तीन मुलुकका गैर आवासीय राजदूतसहित उनले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। 

बिहीबार नै तान्जानिया, माल्टा र क्रोयसियाका गैरआवासीय राजदूत क्रमशः बराक हरान लुभान्डा, स्टेफेन बोर्ग र पिटर ल्जुबिसिकले  ओहोदाको प्रमाणपत्र बुझाएका हुन्। 

सबै ओहोदाको प्रमाणपत्र बुझाउन बग्गीमा चढेर शीतल निवास पुगेका थिए। पछिल्लो समय राजदूतलाई बग्गीमा राखेर शीतल निवास पुर्याइन्छ।

उपप्रमुख बेरी नियोग प्रमुख भएर आए

दशवर्ष अघि उपप्रमुख रहेका बेरी नियोग प्रमुख नै भएर आएका हुन्। एलजीबीटी अभियानमा सक्रिय अमेरिकी कूटनीति भनेर चिनिएका बेरीको भूमिका अब त्यस्तो अभियानमा मात्र खुम्चिन पाउने छैन। 

‘नयाँ भूमिकामा नेपाल फर्कन पाउँदा मलाई ज्यादै खुसी लागेको छ,’ राजदूत बेरीलाई उद्धृत गर्दै दूतावासले भनेको छ, ‘नेपाल र अमेरिकाबीचको मित्रतालाई थप मजबुत बनाउन म उत्साहित छु। मलाई आशा छ, हाम्रो कूटनीतिक संलग्नताले दुई मुलुकबीच रहँदै आएको साझेदारी तथा सहकार्यलाई प्रबद्र्धन गर्नेछ।’

राजदूत बेरीले यसअघि पनि नियोग उपप्रमुखको रुपमा सन् २००७ देखि २००९ सम्म काम गरेका थिए। १० वर्षअघि र अहिलेको नेपालबारेमा उनी आफै केही समय बुझेर अघि बढ्नेछन्। उनी अमेरिकी कूटनीतिक सेवाका मिनिस्टर काउन्सेलर दर्जाका रहेका काम गरेका वरिष्ठ परराष्ट्र सेवाका करियर कूटनीतिज्ञ मानिन्छन्।

अमेरिकामा अन्य सेवाबाट पनि कूटनीतिमा प्रवेश गर्न पाउने भएपनि उनी सन् १९९३ देखि कूटनीतिज्ञ सेवामा अफिसर्सको रुपमा नै प्रवेश गरेका हुन्।

नेपालमा सानो पदमा प्रवेश गरेर ठूला पदमा जान सक्ने भएपनि अमेरिका, बेलायत जस्ता विकसित मुलुकमा भने माथि पुग्न अफिसर्स स्तरमा नै प्रवेश वा राजनीतिक तबरबाट अझमाथि प्रवेश गर्ने चलन हुन्छ।

उनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही विदेशमा २० वर्षभन्दा लामो समय बिताए। बिगत दुई बर्षदेखि वाशिङ्टन डीसीमा लोकतन्त्र, मानव अधिकार तथा श्रमसम्बन्धी ब्यूरोमा दक्षिण तथा मध्य एसियाका लागि उपसहायक सचिवको रुपमा कार्यरत थिए। 

उनी एलजीबीटीआई व्यक्तिको मानव अधिकारसम्बन्धी अमेरिकी विदेश मन्त्रालयका प्रथम विशेष दूतका रूपमा पनि काम गरेका थिए।  नेपाल बाहेक उनले न्युजिल्याण्ड, नेदरल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश, युगाण्डा र ति मुलुक हेर्ने डेक्समा काम गरिसकेका छन्।

कोलोराडोका बेरीले कान्सास राज्यको लिन्ड्सवर्गस्थित बेथनी कलेज र त्यसपछि उच्चशिक्षा अस्ट्रेलियाको एडेलेइड विश्‍वविद्यालयबाट स्नातकोत्तर गरेका हुन्। उनका दुई सन्तान छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.