कालिकोटमा पहिलाेपटक वडाध्यक्ष गोल्डकप
मान्म : कालिकोटको शान्नित्रिवेणी गाउँपालिका–५ मा वडाध्यक्ष गोल्डकप भलिबल प्रतियोगिता बिहीबार सुरु भएको छ । यस किसिमको प्रतियोगिता कर्णाली प्रदेशमै पहिलो पटक आयोजना भएको हो ।
शान्नित्रिवेणी गाउँपालिका–५ को आयोजनामा भएको गोल्डकप प्रतियोगितामा कालिकोटका ८ वटा स्थानीय तहबाट ८ वटै टीम सहभागी बनेका छन् ।
खाँडाचक्र नगरपालिका, रासकोट नगरपालिका, पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका, शान्नित्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका, महाँवै गाउँपालिका र शुभकालिका गाउँपालिकाले आआफ्नै स्थानीय तहबाट टीम सहभागी गराएका हुन् । तिलागुफा नगरपालिकाले भने प्रतियोगितामा भाग लिएको छैन ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ मूल नाराका साथ आयोजित वडाध्यक्ष गोल्डकप भलिबल प्रतियोगितामा प्रथम हुने टीमलाई ५० हजार, द्धित्तिय हुनेलाई ३० हजार र तृत्तिय हुने टीमलाई २० हजार नगद पुरस्कार दिइने आयोजकको तर्फबाट शान्नित्रिवेणी–५ का अध्यक्ष नरेश बमले बताए । दसैं र तिहारको अवसर पारेर यो प्रतियोगिता संचालन गरिएको बताइएको छ ।