नागढुंगा सुरुङमार्ग निर्माण गर्न ६ कम्पनी इच्छुक

नागढुंगा सुरुङमार्ग निर्माण गर्न ६ कम्पनी इच्छुक

काठमाडौं : थानकोट–नागढुंगा सुरुङमार्ग निर्माण गर्न ६ कम्पनी इच्छुक देखिएका छन्। सुरुङमार्ग बनाउन पाँच चिनियाँ र एक जापानी कम्पनीले इच्छा जाहेर गरेको सडक विभागअन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाका इन्जिनियर छविलाल पौडेलले जानकारी दिए। 

सुरुङमार्ग बनाउने कम्पनी छान्न महाशाखाले साउन २४ गते ६० दिने सार्वजनिक सूचना जारी गरेको थियो। उक्त अवधिमा एउटै पनि प्रस्ताव नपरेको भन्दै महाशाखाले १५ दिनको समय थप गरेको थियो। सुरुङमार्ग निर्माण गर्ने बोलपत्र १५ नेपालीसहित ४२ कम्पनीले खरिद गरेका थिए।

‘निर्माण प्रकृयामा अधिकतम कम्पनी गराउने उद्देश्यले समय थप गरिएको थियो। तर हाम्रो लक्ष्यभन्दा निकै कम कम्पनी टेन्डर प्रक्रियामा सहभागी भए’, पौडेलले भने, ‘ठूलो धनराशी र जटिल निर्माण प्रक्रिया भएकाले थोरै कम्पनी आएका हुन्।’

सुरुङमार्ग जापानी सहयोग नियोग (जाइका)को आर्थिक सहायतामा निर्माण गर्न खोजिएको हो। सुरुङमार्ग निर्माणका लागि सुरुङमार्ग निर्माण गर्न २२ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। नेपाल सरकारसँग यसअघि भएको सहमतिअनुसार जाइकाले सुरुङ मार्ग बनाउन १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराएको छ।

जापानले आगामी ४० वर्षका लागि ०.१ प्रतिशत सहुलियत ब्याजदरमा ऋण दिएको हो। सोही ऋण रकमलाई सरकारले सुरुङमार्गमा खर्च गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो। अपुग ६ अर्ब रुपैयाँ सरकारले व्यहोर्नेछ। उक्त रकम मुआव्जा वितरण र निर्माण क्षेत्रमा खटिने कर्मचारीको तलब भत्तामा प्रयोग हुनेछ। जाइकासँग भएको सम्झौताअनुसार ठेकेदार छनोट प्रक्रिया जनवरी २०१९ लाई तोकिएको छ। पहिलो चरणमा महाशाखाले सुरुङमार्ग बनाउन इच्छा जाहेर गरेका कम्पनीको प्राविधिक क्षमताको मूल्यांकन गर्नेछ। 

प्राविधिकरूपमा अब्बलदेखिका कम्पनीमध्ये न्यूनतम अंक कबुल गर्ने कम्पनीले निर्माणको ठेक्का पाउनेछ। ठेक्का पाउने कम्पनीले ४२ महिनाको समयमा सुरुङमार्ग र आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ।

दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाई २.६८८ किलोमिटर किलोमिटर र चौडाई ९.५ मिटर तथा उचाई १८ मिटर हुनेछ। यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट समय बचत गर्नेछ। सडकको लम्बार ८ किलोमिटर कम हुनेछ। सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.