सुनको मूल्य ६ वर्षयताकै महंगो

सुनको मूल्य ६ वर्षयताकै महंगो

काठमाडौं : सुन प्रतितोला ६० हजार चार सय रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर बन्नुका साथै सेयर बजारसमेत तल झरेका कारण यसको असर सुन बजारमा परेको हो। डलरसँग भारतीय रुपैयाँ कमजोर हुनु र भारुसँग नेपाली रुपैयाँको स्थिर विनियम दरका कारण सुनको भाउ आकासिएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्यले जानाकारी दिए।

साउन ३० गते प्रतितोला ५६ हजारमा कारोबार भएको सुन दुई महिनाको अवधिमा करिब पाँच हजारको हाराहारीमा वृद्धि भइ बिहीबार ६० हजार चार सय पुगेको हो। ‘भारु तलमाथि भइरहेको छ’,शाक्यले भने, ‘त्यसै कारण नेपाली बजारमा सुन महँगो भएको हो।’

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस सुन एक हजार दुई सय ३८ डलर १० सेन्टमा कारोबार भएको छ। यदि तीन महिना अघिजस्तो एक सय दुई रुपैयाँमा एक अमेरिकी डलर आउथ्यो भने अहिले पनि ५३ हजारमा नेपालीले एक तोला सुन पाउने थिए। दसैं अघिसम्म अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन एक हजार दुई सय २१ डलर थियो। पछिल्ला समय ५७ हजारबाट बढ्दै प्रतितोला सुन साढे ६० हजारको हाराहारीमा पुगेको हो।

अहिले सुनका लागि नेपालीले बढी मूल्य तिर्नुपरेको प्रमुख कारण भने अमेरिकी डलरको महँगिनु नै हो। अमेरिकी सेयर बजार र डलर दुवै कमजोर हुँदा पनि नेपाली बजारमा भने ६ वर्षयताकै सुन महँगो भएको हो। भारु कमजोर भएसम्म नेपाली उपभोक्ताले यसरी नै महँगिको मार खेप्नुपर्ने महासंघले जानकारी दिएको छ।

यसअघि २०६९ साल भदौमा प्रतितोला सुनको मूल्य ६३ हजार तीन सय पुगेको थियो। यसपछि ५८/५९ हजार हुँदै २०७३ सालमा प्रतितोला सुनको मूल्य ४७ हजार सात सयसम्म झरेको थियो। सुन महँगिएसँगै बजार सुनसान छ। दसैं सकिएर भर्खरै काममा फर्कन थालेकाले बजार सुनसान भएको महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले बताए।

सधैं सुन अभावको मार खेपिरहेका सुन व्यापारी अहिले भने ग्राहक कुरेर बसिरहेका छन्। ‘दसैंका कारण बजार सुनसान जस्तै छ’, उनले भने, ‘आइतबारदेखि बजारले पिकअप लिन्छ।’ दैनिक ३५ किलोको हाराहारीमा कारोबार हुने सुन बिहीबार मुस्किलले ५/६ किलोमात्र गएको उनले बताए। राष्ट्र बैंकले पछिल्लो समय दैनिक २५ किलो सुन आयातको कोटा निर्धारण गरेको छ।

वार्षिक ५० अर्बभन्दा बढीको सुन कारोबार

नेपाली बजारमा वार्षिक ५० अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको महासंघका वरिष्ठ सदस्य शाक्यले बताए। राष्ट्र बैंकको कोटाबाट आएको सुन कारोबारबाट साढे ३६ अर्बको कारोबार हुन्छ भने अन्य कारोबार भने पुरानो सुनबाट हुने गरेको छ। नेपाली सुन बजारमा हाल करिब दुई लाखले रोजगारी पाएका छन्। सोमध्ये ७५ प्रतिशत भारतीय हुन् भने वाँकी २५ प्रतिशतमात्र नेपाली भएको शाक्यले बताए।

नेपालीमा काम गर्ने धैर्यता नहुँदा भारतीय कालिगढले नेपाली सुन बजार धानेका हुन्। ‘तालिम लिन नेपालीे नै छैनन्’, उनले भने, ‘मासिक दुई÷तीन हजार तिरेर ६ महिने तालिम लिए सहजै २५÷३० हजार कमाउन सकिन्छ।’ भारतीय कालिगढले त्यसबापत वार्षिक १५ अर्ब रुपैयाँ भारत लैजाने गरेको शाक्यले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.