नेपालको सुखद सुरुआत

नेपालको सुखद सुरुआत

काठमाडौं : यू–१५ साफ च्याम्पियनसिपमा नेपालले सुखद सुरुआत गरेको छ। एन्फा मैदान सातदोबाटोमा बिहीबारदेखि सुरु भएको च्याम्पियनसिपअन्तर्गत समूहको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हरायो। शारीरिक र उमेरका हिसाबले पनि कमजोर देखिएको माल्दिभ्सविरुद्ध नेपालले एकपक्षीय खेल प्रदर्शन गरेको थियो।

नेपालले पेनाल्टीमार्फत २८औं मिनेटमा खाता खोलेको थियो। पेनाल्टीको जान लिम्बूले सदुपयोग गरे। डीबक्सभित्र माल्दिभ्सका नबुहान मोहमेदले नेपालका राकेश विश्वकर्मालाई फल हानेर लडाएपछि नेपालले पेनाल्टीमा मौका पाएको हो। लगातार पोस्ट् प्रहारको अवसर बनाएको नेपालले ३५औं मिनेटमा अग्रतालाई दोब्बर बनायो। दोस्रो गोल नमास थापामगरले गरे। नमासले सनाम गुरुङको पासमा उत्कृष्ट गोल गरेका थिए।

पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा दुई गोल थपेको थियो। ६३औं मिनेटमा शशांक बोहोराले डीबक्स भित्र माल्दिभ्सका गोलरक्षकलाई बिट गर्दै तेस्रो गोल गरे। ७०औं मिनेटमा दीपेश राईले अर्को गोल थप्दै नेपालको जित सहज बनाएका थिए। खेलभर दुईवटा फितलो फ्रिकिकको अवसर बनाएको माल्दिभ्सको गोल फर्काउने प्रयास सफल बन्न सकेन। तीन टोली सम्मिलित समूह ‘ए’ को पहिलो जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो बनेको छ।

नेपालले अर्को खेल कात्तिक १२ गते बंगलादेशसँग खेल्नेछ। खेलपछि नेपालका प्रशिक्षक सनोज श्रेष्ठले नेपाली टोेली तुलनात्मक रूपमा बलियो भए पनि सोचेजस्तो खेल्न नसकेको बताए। ‘हामीले अझै धेरै गोल गर्नुपर्ने थियो। अग्रपंक्तिले पाएको मौका सदुपयोग गर्न सकेनन्। विपक्षीय कमजोर हुँदा जित्न सजिलो भयो। पहिलो खेल भएर पनि खेलाडी अभ्यस्त हुन सकेनन्। आगामी खेलमा गल्ती सुधारेर अघि बढ्नेछौं,’ सनोजले भने। उनले बंगलादेशसँगको खेल प्रतिस्पर्धात्मक हुने पनि बताए।

यसैगरी माल्दिभ्सका प्रशिक्षक इब्राहिम हलेमले नेपाल प्रतियोगिताकै बलियो टोली भएको बताए। ‘गर्मी ठाउँमा खेलिरहेका खेलाडीले काठमाडौंको चिसोमा खेल्न सकेनन्। टोलीका सबै खेलाडी १३ वर्षका मात्र छन्। हामीले एक्पोजरका लागि मात्र भाग लिएका हौं। यो माल्दिभ्सको भविष्यको टोली हो,’ इब्राहिमले भने। बिहीबार नै भएको समूह ‘बी’ को पहिलो खेलमा पाकिस्तानले भारतलाई २–१ गोलले पराजित गरेको छ। भारत च्याम्पियनसिपको साबिक विजेता हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.