कार किन्दा डिल कसरी गर्ने ?

कार किन्दा डिल कसरी गर्ने ?

कार किन्नू छ भने के गर्नुहुन्छ ? सामान्य जवाफ आउँछ –बिक्रेताकहाँ गएर कार परीक्षण गर्छु । मन परे डिल फाइनल गरेर कार किनिन्छ । यसपछि बैंकबाट ऋण लिने प्रक्रिया सुरु हुन्छ । हो, टेस्ट ड्राइभिङ एउटा महत्वपूर्ण पाटो हो । सन्तुष्ट भएपछि नै कार खरिद गर्ने हो । यद्यपि यस प्रक्रियामा केही सतर्कता अपनाउनुपर्ने हुन्छ ।

कार खरिद गर्नुपूर्व गाडीको टेस्ट ड्राइभ गर्नुपर्छ । जुन कार किन्ने हो त्यसकै टेस्ट ड्राइभ गर्नुपर्छ । कारका सबै फिचरको अवलोकन गर्नुपर्छ । बिक्रेता कम्पनीले दाबी गरेअनुसार फिचर कारमा भए÷नभएको हेर्नुपर्छ ।

यदी बिक्रेताले बार्गेनिङपछि पनि गाडीको मूल्य बढाउन खोजिरहेको छ भने सजग हुनुपर्छ । त्यसबखत सोरुमबाट बाहिरिनुमा भलाइ हुन्छ । कारको न्यूनतम मूल्य र अनुमानित डिलर कस्ट पत्ता लगाउन सके बार्गेनिङ गर्न सजिलो हुन्छ । कसैको दबाबमा पर्नु हुँदैन । कार किन्ने आफू ग्राहक हो भन्ने बिर्सिनुभएन ।

कार खरिद गर्नुपूर्व पहिला राम्रोसँग अनुसन्धान गर्नुपर्छ । यसो गर्दा बिक्रेतासँग कुरा गर्दा तपाईंं जानकार हुनुहुन्छ जस्तो लागोस् । जसले गर्दा तपाईंले कुनै पनि शीर्षकमा खुलेर कुरा गर्न सक्नुहुन्छ । कुनै पनि मोडल र त्यसको फिचरबारे बृहत् जानकारी हुन्छ । यतिमात्र होइन, सकिन्छ भने उनीहरूबीचको अन्तर पनि राम्रोसँग बुझ्नुपर्छ । यसले डिलिङमा सजिलो हुन्छ ।

कार खरिदका लागि मात्रै बजेट सीमित छ भने अनावश्यक एसेसरिजमा खर्च गर्नु हुँदैन । आफ्नो लक्ष्य कार खरिदमा नै सीमित राख्नुहोस् । कोरोजन प्रोटेक्सन, पेन्ट सिलेन्ट, फ्याब्रिक प्रोटेक्सन जस्ता वस्तु पछि पनि किन्न सकिन्छ । त्यसै पनि यी त्यति जरुरी सामान होइनन् । बिक्रेताले तपाईंंलाई कन्भिन्स गराउन पूर्ण प्रयत्न गर्छन् । किनकी यो उनीहरूका लागि जरुरी हुन्छ । यसबाट तपाईंले न्यूनतम मूल्यमा कार खरिद गर्न सक्नुहुन्छ ।

आफ्नो जिम्मेवारी पूरा गरेपछि मात्रै आफूलाई कारको हकदार मान्नुपर्छ । कारसँग जोडिएको वित्तीय प्रक्रिया पूरा नभएसम्म कार चलाउनु हुँदैन । आफू सन्तुष्ट नभएसम्म कारको डेलिभरी लिनुहुँदैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.