प्रवेशाज्ञाबिना कसरी पसे चिनियाँ

प्रवेशाज्ञाबिना कसरी पसे चिनियाँ

काठमाडौं : राहदानी र प्रवेशाज्ञाबिना (भिसा) दुई चिनियाँ नेपाल हुँदै भारत प्रवेश गरेको फेला परेको छ। भारतीय गाडी चालकसहित तिब्बती मूलका भारतीय नागरिक गन्पो ग्या र अन्य दुई चिनियाँ नागरिक पक्राउ परेपछि घटना सार्वजनिक भएको हो। चीनको राहदानी काठमाडौंमा राखेर दुवै चिनियाँ अध्यागमन नाका छली स्थलमार्गबाट भारत प्रवेश गरेका हुन्। उनीहरू राहदानी र भिसा नभई कसरी भारत प्रवेश गरे गम्भीर अनुसन्धानको विषय बनेको छ।

चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासबाट भिसा लिएर अक्टोबर १५ मा तासी र ल्हानो २ जना चिनियाँ पर्यटक भिसामा नेपाल आएका थिए। काठमाडौंबाट अक्टोबर २० मा लुम्बिनी घुम्न गएका उनीहरू त्यहाँबाट भारत गएका थिए। २ दिन भारत बसेर नेपाल फर्कंदा उनीहरू पक्राउ परेका थिए। भारत जाँदा सहजै नाका छलेका उनीहरू फर्कने क्रममा भने प्रहरीको फन्दामा परेका थिए।

तिब्बती मूलका भारतीय नागरिक गन्पो ग्या र दुई चिनियाँ पक्राउ परेपछि घटना सार्वजनिक भएको हो।

उनीहरू रूपन्देहीको कालीदह नाकाबाट सुरक्षाकर्मी र अध्यागमन छलेर भारत प्रवेश गरेका थिए। अक्टोबर २२ मा फर्किने क्रममा उनीहरूलाई रूपन्देही प्रहरीले पक्राउ गरेको हो। गन्पोले उनीहरूलाई लुम्बिनीबाट लिएर भारत गएका थिए। भारत बसाइमा उनीहरू कहाँ गए र क-कसलाई भेटे केही खुलेको छैन। अध्यागमन विभागसँगको बयानका क्रममा उनीहरूले आफूहरू घुम्न भारत गएको बताएका छन्।

शंकास्पद गतिविधि गरेको हुन सक्ने आशंकामा गस्तीमा रहेको रूपन्देहीको कालीदह प्रहरी चौकीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्दा उनीहरूसँग राहदानी, भिसा, ट्राभल डकुमेन्टलगायत कुनै पनि कागजपत्र थिएन। उनीहरूले राहदानी विभागमा बुझाएपछि सामान्य जरिवाना गरी रिहा गरिएको अध्यागमन विभाग मुद्दा शाखाका अधिकृत चिरञ्जीवी थापाले बताए। ‘उनीहरूले चीनको राहदानी बुझाएका छन्, त्यसमा नेपालको भिसा अवधिसमेत भ्यालिड छ’, उनले भने, ‘थुनामा राख्न आवश्यक नदेखिएकाले बिहीबार रिहा गरिएको छ।’

काठमाडौं आएपछि उनीहरूले चिनियाँ राहदानी विभागमा बुझाएका थिए। भारतीय मूलका तिब्बती र भारतीय चालकसमेत रिहा भएका छन्। चिनियाँ राहदानीवाहक उनीहरूले आफूहरू तिब्बती भएको बताएका छन्। उनीहरू राहदानी र भिसाबिना किन र कसरी भारत गए रहस्यमय बनेको छ।

सीमा सुरक्षाको जिम्मेवारी लिएर बसेको सशस्त्र प्रहरी बलको फितलो उपस्थिति र हेलचेक्र्याइँले पछिल्लो समय सीमाक्षेत्रमा अवाञ्छित गतिविधि बढेको छ। रोहिंज्या आप्रवासीको नेपालमा अवैध प्रवेश र अन्य सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई समेत सशस्त्रले नियन्त्रण गर्न सकेको छैन।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.