त्यो दाह्रीवाल बूढो मान्छे

त्यो दाह्रीवाल बूढो मान्छे

त्यसबेला म १३ वर्षकी थिएँ। बाराको सिमरामा कक्षा ८ मा पढ्थेँ। स्कुुल पुुग्न हिँडेर जाँदा आधा घण्टा लाग्थ्यो। कहिलेकाहीँ ढिलो हुुँदा र सँगै जाने साथी छुुट्दा एक्लै जानुुपर्थ्यो। त्यस्तो बेला सिटिराइड वा ट्याम्पो चढ्थेँ।

एकदिन स्कुुल जानेबेला म एक्लै भएँ। स्कुुल छुुट्यो। गर्मीको बेला थियो। बिहानै स्कुुल जान निस्किएँ। त्यसदिन ढिलो भएकोले ट्याम्पो चढेँ। टेम्पोमा हजुुरबुुवाकै उमेरका मानिस मेरो छेउमा बसेका थिए। तीलचामल मिसिएझैँ रंग भएको लामालामा दाह्री र जुुँगा थिए। तिनी मेरो नजिक टाँस्सिन थाले। त्यसपछि मेरो शरीरतिर जथाभावी हात लगेर छुुन थाले। मलाई एकदमै अप्ठ्यारो लाग्यो। डर लाग्यो। तर, केही बोल्न सकिनँ।

सिमरा चोक पुुग्नुुपर्ने मान्छे, डराएर सूर्यटोवा कम्पनीको गेटअघि नै ओर्लिएँ। त्यसपछि फटाफट हिँड्न थालेँ। निकै परसम्म त्यो बूढो मान्छे आउँदैछ कि भन्दै डराउँदै फर्किएर हेरेँ। तर त्यो मान्छे आएन। त्यसबेलाको त्यो नमीठो घटनाले आज पनि झस्काइरहन्छ। आज पनि जब म एक्लै कतै यात्रामा हुुन्छुु, दाह्री–जुुँगा पालेको मान्छे देखेँ भने त्यो घटनाले झस्काउँछ। र, डरले सताउन थाल्छ।

गाउँमा पढाइ सकेर उच्च शिक्षाका लागि काठमाडौं आएँ। काठमाडौंमा यात्रा गर्दा त्यस्तै प्रकृतिको नभए पनि कैयन घटना व्यहोरेँ। सायद महिलाहरू सबैले यस्ता सानाठूला घटना व्यहोरेको हुुनुुपर्छ। सार्वजनिक यातायातमा महिलाका लागि सिट त छुुट्ट्याइएको हुुन्छ। तर, सिट सदुुपयोग भएको देखिँदैन। बच्चा बोकेका महिला, गर्भवती महिला तथा बिरामी यात्रुुहरू उभिइरहेका भेटिन्छन्।

काठमाडौंका सवारी साधनमा गुुन्द्रुुक कोचिए जसरी कोचिनुुपर्छ। जति नै भीड देखे पनि गन्तव्यमा पुुग्नका लागि गाडीमा यात्रा नगरी हुुँदैन। उभिनसमेत मिल्दैन। त्यसबेला एकआपसमा नटाँस्सिई नहुुने बाध्यता छ। अरुको हात वा शरीरले संवेदनशील अंग छोइने, धकेलिने, जीउमा टाँसिने त सामान्य प्रक्रियाजस्तै हुुन्छ। गाली गर्दा उसले जानीजानी नगरेको हो कि जस्तो लाग्छ। गाली नगरुँ आफूलाई असहज भइरहेको हुुन्छ। कुुन यात्रुुको कस्तो नियत भन्ने छुुट्ट्याउनै गाह्रो पर्छ। गाडीमा यात्रा गर्दागर्दै कतिबेला कहाँ आफूमाथि यौनजन्य दुुर्व्यवहार भइरहेको छ, छुुट्ट्याउनै गाह्रो हुुन्छ।

नेपालमा महिला साक्षरता दर अझै कम छ। महिला दबिएर बस्न बाध्य छन्। दुुव्र्यवहार सहनुु हुुन्न भन्नेबारे जनचेतना फैलाउनुुपर्छ। यौनजन्य हिंसाको खुुलेर विरोध गर्दा आफ्नो इज्जत जान्छ भन्ने सोच अझै समाजमा जीवित छ। सार्वजनिक यातायातमा महिलाले पनि सहज यात्रा गर्न पाउनुुपर्छ। यसका लागि यातायात व्यवसायी र सरकार कानमा तेल हालेर बस्नुु हुुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.