चिसोबाट बच्न के गर्ने?

चिसोबाट बच्न के गर्ने?

भर्खरै दसैं सकिएको छ। दसैंमा टीका लगाउने र घर जाने आउने क्रममा धपेडी भएको हुन सक्छ। त्यसमा पनि बदलिँदो मौसमको प्रभावले धेरैलाई सताउन सक्ने सम्भावना देखिन्छ।

दिनप्रतिदिन बढ्दै गएको जाडोले रुघाखोकी, टाउको दुख्ने र ज्वरो आउनेलगायतका समस्या देखा पर्न सक्छन्। यस्ता रोग हेर्दा सामान्य लागे पनि समयमा नै सही तरिकाले उपचार नगर्दा यसले ठूलो समस्या पनि निम्त्याउन सक्छ। त्यसैले यस्ता समस्यालाई घरमै भएका सामग्रीहरू प्रयोग गरेर पनि उपचार गर्न सकिन्छ। यसरी अपनाइएको घरेलु उपचार विधिले कुनै पनि साइड इफेक्ट गर्दैन।

१. घाँटी खसखसाउने र नाक बन्द हुने समस्या परेमा एक गिलास तातो पानीमा नुन हालेर घाँटी गललल्ल गर्नुपर्छ। यसले खसखस त हटाउँछ नै, शरीरमा अन्य कीटाणुको प्रवेशको सम्भावनालाई पनि घटाउँछ।

२. रुघाखोकीको उपचारमा बेसारको प्रयोग निकै नै लाभदायक मानिन्छ। यस्तो बेलामा शुद्ध बेसार हालिएको दूध पिएमा यसले निकै आराम मिल्छ। बेसारको एउटा साने टुक्रालाई बालेर त्यसको धुवाँ सुँघ्दा पनि बन्द नाक खुल्छ र श्वास लिन सजिलो हुन्छ।

३. रुघाखोकीकै कारणले ज्वरो आएको छ भने पनि पाचन प्रणालीमा असर गर्न सक्छ। त्यसैले चाँडै पच्ने खालको हल्का भोजन गर्नु राम्रो हुन्छ।

४. एक गिलास तातो पानीमा कागती निचोरेर त्यसमा एक चम्चा मह मिसाएर खानाले भिटामिन सीको कमी हटाउँछ। यसको सेवन स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ।

५. यस्तो बेलामा प्रशस्तै मात्रामा पानी पिउनुपर्छ र शरीरलाई आरामको पनि जरुरत पर्छ।

६. तुलसीको पत्ता पनि यसको उपचारको लागि एक अचुक औषधि हो। यसलाई चपाएर खाने वा पानीमा उमालेर काडा बनाई खान सकिन्छ।

७. तुलसी, पुदिना, मरिच र अदुवाको चिया रुघाखोकी र चिसो भगाउन एक उत्तम उपाय हो।

८. दिनहुँ एक समय मह र अदुवाको रसलाई खाने बानीले पनि चिसोबाट बच्न सकिन्छ।

९. लसुनको सुप पनि चिसोबाट बच्न धेरै लाभदायक मानिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.