इन्स्टाग्रामको चातुुर्य
अमेरिका: इन्स्टाग्रामले अब आफ्ना प्रयोगकर्ताहरू माझ ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सर्भिसको प्रयोग गरेको छ। अब कसैले साइबर क्राइमअन्तर्गतका क्रियाकलाप गरेमा यही प्रविधिमार्फत सहजै थाहा पाउन सकिन्छ। अब इन्स्टाग्राममा पोस्ट गरिएका फोटोलाई दुर्व्यवहार गरेमा अपराधीलाई चाँडोभन्दा चाँडो पत्ता लाग्न सकिनेछ।
इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले केही दिन अघि भने, ‘दुव्र्यवहार खतरनाक समस्या हो। केही मान्छेको कु–कामले साइट प्रयोगकर्ताहरू सबैलाई प्रभाव पार्छ।’
‘इन्स्टाग्राममा सेयर गरिएका फोटोहरूले सकारात्मक प्रभाव पार्छ। मान्छेहरूमा खुसी ल्याउँछ। तर, सेयर गरिएका तस्बिरहरू माथि कहिलेकाहीँ दुव्र्यवहारसमेत हुने गरेको छ। यो स्वागतयोग्य कामै हैन। अब हामीले यस्तो मेसिन ल्याएका छौं, जसले तस्बिर वा क्याप्सनलाई लिएर दुव्र्यवहार गरेमा हाम्रो टिमले छानबिन गर्नेछ,’ मोसेरीले प्रेस विज्ञप्तिमा भनेका छन्।
यसअघि पनि इन्स्टाग्राम प्रयोगकर्ताहरूले आफूमाथि हुने दुर्व्यवहारका बारेमा रिपोर्ट गर्न पाउँथे। अहिलेको प्रविधिले स्वस्फूर्त रूपमा बदमासीलाई पत्ता लगाउनेछ। अहिले यो प्रविधि सबैका लागि प्रयोग भएको छैन तर केही हप्ताभित्रै यसले सबैतिर काम गर्ने कम्पनीले बताएको छ।
अब तन्नेरी युवायुवतीमा त्रास कम हुने मोसेरीको विश्वास छ। सुविधा यतिमात्र छैन, अब ‘अफेन्सिभ’ केमेन्टहरू स्वतः टाइमलाइनबाट हट्नेछन्। प्रयोगकर्ताहरूले दुःखै पाउनु पर्दैन। ‘बदमासी रोक्नु महŒवपूर्ण छ। हामी इन्स्टाग्राममा अरू पनि महत्वपूर्ण फिचरहरूको विकास गर्छौं,’ मोसेरी भन्छन्।
मोसेरी यसअघि फेसबुकको ‘न्युज फिड’ चलाउँथे। अक्टोबर सुरुतिर उनलाई इन्स्टाग्राम प्रमुखको रूपमा नियुक्त गरिएको थियो। इन्स्टाग्रामका संस्थापकद्वय केभिन सिस्ट्रोम र मिक किगरले सेप्टेम्बरमा पदबाट राजीनामा दिएपछि मोसेरी इन्स्टाग्राम प्रमुख भएका थिए।
दुर्व्यवहार कम गर्ने अरू पनि उपाय भए आफूहरूलाई सल्लाह दिन मोसेरीको आग्रह छ। साइटहरूमा हुने ‘बुलिङ’ लाई कम गर्न आफूहरू अझै महत्वपूर्ण काम गर्न बाँकी नै रहेको समेत उनले बताए।