मिसेस नेपाल विजेता भन्छिन‍्, 'मोडलिङमा आउने मन छ'

मिसेस नेपाल विजेता भन्छिन‍्, 'मोडलिङमा आउने मन छ'

चन्दा थापा गिरी (२६) यस वर्षको मिसेस नेपाल सिजन ४ को ताज जित्न सफल भइन्। उनले बेस्ट र्‍याम्प र मोस्ट ट्यालेन्ट पर्सनालिटिको उपाधि पनि चुमिन्। ताजसँगै उनले इको फ्रेन्डली स्कुटर पनि उपहार प्राप्त गरिन्। फेसन डिजाइनमा ब्याचलर्स गरेकी छिन् उनले। सर्लाही लालबन्दी स्थायी घर भएर हाल लगनखेल तिखीदेवलमा बस्दै आएकी गिरीसँग अजवी पौड्यालले गरेको कुराकानीः


मिसेस नेपालको विजेता भएपछि कस्तो लागिराछ?

एकदम नयाँ, सबैकुरा चेन्ज जस्तो लागिराछ। हिजोसम्म एउटा सामान्य परिचय थियो, आज ‘मिसेस नेपाल’ भनेर चिनिन पाएकी छु। अत्यन्तै खुसी लागेको छ। आफैंलाई पनि धेरै कन्फिडेन्ट भएजस्तो लागेको छ।

मिसेस नेपाल भएपछि के के बदलियो?

व्यक्ति त उस्तै छु। तर जिम्मेवारी र दैनिकी भने फेरिएको छ। अत्यन्त व्यस्त छु। छोराहरू अनि घरलाई समय दिन पाएकी छैन। कार्यक्रमहरूमा सहभागी हँदै समय बितिरहेको छ।

के के काम गर्दै हुनुहुन्छ?

मिसेस नेपालले यस वर्ष मानव बेचबिखनको लागि केही काम गर्ने उद्देश्य राखेको छ। त्यसको लागि पनि केही योजना बनाउँदैछु। अक्टुवर २८ मा सिंगापुरमा हुन गइरहेको मिसेस इन्टरनेसनलमा भाग लिन जानको लागि पनि तयारी गरिरहेकी छु।

तयारी कस्तो छ?

त्यहाँ सोधिने सम्भावित प्रश्नबारे इन्टरनेटमा हेर्ने पढ्नेलगायतका काम गरिरहेकी छु। कार्यक्रममा गत वर्षको मिसेस नेपाल सुरुचि पाण्डे, एलाइजा महर्जनसँग पनि सरसल्लाह लिँदैछु। उहाँहरू पनि मसँगै कार्यक्रममा जाँदै हुनुहुन्छ।

मिसेस नेपालमा कसरी सहभागी हुनुभयो?

घरमा बसेर यसै फेसबुक चलाइरहेकी थिए। रिभन इन्टरटेनमेन्टबाट मिसेस नेपाल प्रतियोगिता हुँदैछ भन्ने थाहा पाए। सहभागी हुन मन लागेर श्रीमानलाई सुनाएँ, सकारात्मक जवाफ पाइयो। अनि प्रशिक्षणको लागि भर्ना भएँ। ३५ जनाले करिब डेढ महिना प्रशिक्षण लियौं।

तालिममा के के सिक्नुभयो?

कसरी आफूलाई बाहिर प्रस्तुत गर्ने, प्रश्नहरूको जवाफ कसरी दिने? ¥याम्पमा कसरी हिँड्ने तथा बु्रमिङको बारेमा सिकियो। पढ्नु पनि प्रशस्तै पर्दो रहेछ।

दुइटा छोराको आमा यो क्षेत्रमा आउन कत्तिको गाह्रो छ?

गाह्रो नै छ तर मुख्य कुरा परिवारको सपोर्टको कुरा हो। परिवारले सहयोग र महिलाको क्षमतामा विश्वास ग¥यो भने सबै कुरा सम्भव हुँदो रहेछ। मेरो श्रीमान् कुरा बुभ्ने हुनुहुन्छ।

अन्तिममा तपाईंलाई के प्रश्न सोधिएको थियो?

भोलिको पत्रिकामा तपार्इं के देख्न चाहनुहुन्छ? भन्ने थियो। मैले निर्मलाले न्याय पाएको समाचार हेर्न चाहन्छु। यसका साथै मिसेस नेपालमा चन्दा थापाको नाम भएको हेर्न चाहन्छु भन्ने जवाफ दिएकी थिए।

स्लिम अनि सुन्दर पनि हुनुहुँदोरैछ। डाइटिङ कत्तिको गर्नुहुन्छ?

बिहान करिब साढे ६ बजे मात्र उठ्छु। तातोपानीमा मह र कागती राखेर रेगुलर पिउने गरेकी छु। दैनिक दुई घन्टा जिम जान्छु। घरमै बनाइने नेपाली खाना टाइमटेबल मिलाएर खान्छु। दूध, अन्डा र ओट्स छुटाउदिनँ। घाँटीसम्म आउने गरी कुनै चिज पनि खाँदिनँ।

मोडलिङमा आउने योजना छ?

मेरो रुचिको विषय हो मोडलिङ। त्यसैले, मलाई रहर छ यो क्षेत्रमा आउन। एक वर्षको लागि त मिसेस नेपालकै काममा व्यस्त छु। त्यसपछि राम्रो गीत र रोलको लागि अफर आयो भने पक्कैे पनि मोडलिङमा आउछु।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.