रेखा पौडेल चम्किएपछि नेपालले भारतलाई हरायो

रेखा पौडेल चम्किएपछि नेपालले भारतलाई हरायो

काठमाडौं : एएफसी यु–१९ च्याम्पियनसिप छनोट खेलमा नेपाली चेलीहरुको टोलीले भारतीय टोलीलाई पराजित गरेको छ । नेपाललाई शानदार जित दिलाउने क्रममा रेखा पौडेलको दुई गोल गरिन् । 

अघिल्लो चरणको यात्राका लागि जित्नै पर्ने दबाबमा रहेको नेपाली चेलीहरुको टोलीले चाहे अनुसारको नतिजा निकालेको छ । नेपालको जितमा शानदार प्रदर्शन गरेकी रेखाले खेलको ५९ औँ मिनेटमा पहिलो गोल गरिन‍् । 

खेलको सुरुबाटै गतिला अवसर गुमाएको नेपाली टोलीका लागि रेखाले अग्रता दिलाएपछि भारतलाई झनै दबाबमा राख्यो । ५९ औँ मिनेटमा अग्रता दिलाएकी रेखाले ८८ औं मिनेटमा अर्को गोल थपिन् । 

खेलको अन्तिम समयमा भारतीय किपर डि बक्स भन्दा अगाडि आएको मौका सदुपयोग गर्दै रेखाले गोल गरेकी थिइन् । 

भारतलाई हराएपछि नेपालले अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखेको छ। नेपालले अघि बढ्न बाँकी खेल जित्नुपर्ने छ । 

नेपालले अब समूह चरणको अन्तिम खेल आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । छनोटका क्रममा ६ समूहका विजेता- उपविजेताबाट उत्कृष्ट दुई टिम आगामी अप्रिलमा हुने दोस्रो चरणमा जानेछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.