प्रचण्डले दिल्ली पुगेर भने : भारतसँग सुमधुर सम्बन्ध छ

प्रचण्डले दिल्ली पुगेर भने : भारतसँग सुमधुर सम्बन्ध छ

काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध रहेको स्मरण गराएका छन् । दुई देशबीच ‘नेटवर्क’ मात्रै नभएर सुमधुर सम्बन्ध रहेको पनि उनले बताए ।

साथै सहअस्तित्वपूर्ण सम्बन्धलाई उचाइमा पुर्याउन दुबै देश प्रतिवद्ध रहेको उनकाे भनाइ छ । भौगोलिक, आर्थिक, सांस्कृतिक तथा धार्मिक सम्बन्ध रहेको उनले बताए।

भारतको नयाँदिल्लीमा ‘इन्डिया फउन्डेशन’को कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘इन्डिया आईडिया कन्क्लेभ’ नाम दिइएको दुईदिने सम्मेलनले नागरिक घोषणापत्र जारी गर्दैछ ।

भारतमा भएको पाचौँ सम्मेलनमा नेपालबाट प्रचण्ड सहभागी हुन पुगेका हुन् । यस क्रममा प्रचण्डले ज्ञान, दर्शन तथा विचार उत्पादनमा दक्षिण एसिया क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गरेका थिए ।

विचारले मान्छेलाई असल र खराब, नैतिक र अनैतिकबीच फरक छुट्याउन सघाउने भन्दै दक्षिण एसियाली क्षेत्रमा उत्पादन भएका विचारले मानवजीवनका लागि योगदान दिएको उनकाे भनाइ छ ।

अभिव्यक्ति दिने क्रममा प्रचण्डले नेपालको सशस्त्र संघर्ष, संविधान तथा नयाँ परिवर्तनको समेत प्रसंग जोडेका थिए । नेपालको नयाँ परिवर्तन पनि नेपाली जनताको सोच र बलबाटै सम्भव भएको उनले बताए ।

साथै उनले नेपालमा दसकौं लामो राजनीतिक अस्थिरता र पीडादायी संक्रमणलाई व्यवस्थापन गर्दै नयाँ संविधान र व्यवस्था ल्याएको उल्लेख गरे । यस्तै नेपाली जनताको नयाँ आयामको स्वतन्त्रतामा आफूहरु केन्द्रित रहने पनि प्रचण्डले बताए ।

गरिबीबाट स्वतन्त्रता, अविकासबाट विकासको स्वतन्त्रताको लागि अब केन्द्रित हुने उनको भनाइ थियो । इन्डिया फाउन्डेशनको उक्त कार्यक्रमलाई सम्बोधन गरी प्रचण्ड शुक्रबार साँझ नै नेपाल फिर्ता हुने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.