चार महिनापछि डोल्पाका सुत्केरी साेध्छन् : कहिले दिन्छौ भत्ता ?

चार महिनापछि डोल्पाका सुत्केरी साेध्छन् : कहिले दिन्छौ भत्ता ?

डोल्पा : हिमाली जिल्ला डोल्पाका महिलाले स्वास्थ्य संस्थामा गएर सुत्केरी गराएबापत पाउने यातायात खर्च र प्रोत्साहन भत्ता बापतको रकम चार महिना बितिसक्दा समेत पाएका छैनन् ।

डोल्पा त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत त्रिपुराकोट स्वास्थ चौकी, सुँ स्वास्थ्य चौकी, लिकु स्वास्थ्य चौकी र पहाडा स्वास्थ्य चौकीमा सुत्केरी गराएका महिलाले प्रोत्सान तथा यातायात खर्च बापतको रकम पाएकै छैनन् ।

“सुत्केरी भएकै दिनमा भत्ता पाईन्छ भन्थे तर चार महिना बितिसक्यो यातायात खर्च र प्रोत्साहन भत्ता पाइएको छैन,’ त्रिपुरासुन्दरी नगरपालिका–१ बस्ने शान्ति थापाले गुनासो गरिन् ‘कि पाइँदैन भने हुन्थ्यो, रकम पाइने भए कहिले दिने हो भत्ता भनिदिनु पर्यो । समयमै नदिए त्यसको अर्थ के ?’

सोही नगरपालिका–१ कै अस्मीता नेपालीको पनि गुनासो उस्तै छ । उनले भनिन्, ‘असारको महिना सुत्केरी भएकी हुँ, रकमको लागि तीन पटक स्वास्थ्य संस्थामा आएँ तर रकम पाउने कुनै मेलोमेसो छैन ।’ उनले थपिन्, ‘स्वास्थ्यकर्मीले रकम पाउनुहुन्छ भन्न चाहीँ छाड्दैनन्, स्वास्थ्य चौकी धाएको महिनौँ बित्यो तर पाइएको छैन ।’सरकारले सुत्केरी महिलालाई लक्षित गरी छुट्याएको रकम समेत लामो समयसम्म नपाउँदा स्थानीय महिलाहरु निराश बनेका हुन् ।

महिला गर्भवती भएदेखि सुत्केरी नहुन्जेलसम्म स्वास्थ्य संस्थामा चारपटक चेकजाँच गराएबापत उत्प्रेरणा भत्तास्वरुप एकमुष्ट आठ सय रुपैयाँ र स्वास्थ्य संस्थामै सुत्केरी गराएबापत हिमाली जिल्लामा यातायात खर्च बापतको तीन हजार रकम पाउने सरकारले व्यवस्था गरेको छ । जुन २४ घण्टाभित्रै उपलब्ध गराउनुपर्ने प्रावधान छ ।

त्रिपुराकोट स्वास्थ्य चौकीका प्रमुख तुलबहादुर श्रेष्ठले भने नगरपालिकासँग रकम निकासाको लागि माग गर्दा उपलब्ध नभएको बताएका छन् । श्रेष्ठले भने, ‘कर्मचारीले रकम खाएको आरोप लगाउँछन् तर स्वास्थ्य चौकीले नगरपालिकालाई रकम निकासाको लागि माग गर्दा बेवास्ता गरिन्छ । अरु कुनै उपाय छैन ।’

गत साउनमा मात्रै त्रिपुराकोट स्वास्थ्य चौकीमा सुत्केरी भएका नौ जना महिला, लिकु प्रसुती गृहका अठार जना साथै पहाडा स्वास्थ्य चौकी र सुँ स्वास्थ्य चौकीमा सुत्केरी भएका महिलाले समेत यातायात खर्च र उत्प्रेरण भत्ता बापतको रकम नपाएपछि गुनासो बढेको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.