सरकारबाट आम नागरिक दिक्क : पौडेल

सरकारबाट आम नागरिक दिक्क : पौडेल

जापान : कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारका कोरा नाराका कारण आम जनता दिक्क भइसकेको बताएका छन्। 

जापानको राजधानी टोकियोमा नेपाल पत्रकार महासंघ जापान शाखाले गरेको कार्यक्रममा बोल्दै पौडेलले सरकारले हावादारी गफ मात्र गरिरहेको आरोप लगाए। 

‘प्रधानमन्त्री केपी ओलीको हरेक भाषणमा रेल र पानी जहाजका कुरा आउँछन्’, पौडेलले भने, ‘तर आठ महिना बितिसक्दा पनि ती विषयमा कुनै सिन्को भाँचिएको छैन।’

दुई तिहाईको सरकारबाट जनताले धेरै आशा गरेपनि प्रधानमन्त्रीका हावादारी गफका कारण जनता निराश भएको उनको भनाइ छ।

असुरक्षा, महंगी, फितलो प्रशासन र जर्जर भौतिक पूर्वाधारका कारण नेपालीको दैनिकी कष्टकर बन्दा समेत सरकार मूकदर्शक हुनु राष्ट्रिय लज्जा भएको उनको भनाइ छ। 

जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने म्याण्डेट दिए अनुसार कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको भन्दै पौडेलले सरकारको सही काममा कांग्रेसको साथ रहने प्रतिबद्धता व्यक्त गरे। 

लगानीमैत्री वातावरण भएमा विदेशीएका नेपाली स्वदेशमै फर्कन तयार रहेकाले त्यस्तो वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ। मुलुकको अन्तर्राष्ट्रिय नीति प्रष्ट नभएकाले सार्वभौमसत्ता नै जोखिममा पर्ने खतरा बढेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.