श्रीलंकामा पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे अचानक प्रधानमन्त्री बने

श्रीलंकामा पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे अचानक प्रधानमन्त्री बने

काेलम्बाे ः श्रीलंकामा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षे नाटकीय रुपमा प्रधानमन्त्री बनेका छन् ।

राष्ट्रपति सिरीसेना मैत्रीपालाले प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई पदमुक्त गरी नयॉ प्रधानमन्त्रीको रुपमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नियुक्त गरी सपथ ग्रहण गराएका हुन् ।

यसअघिको चुनावमा सिरीसेना मैत्रीपालासँग पराजित बनेका राजपाक्षे अचानक प्रधानमन्त्री बनेको घटनालाई चासोका साथ हेरिएको छ । मैत्रिपालाले आफ्नै विरोधीलाई आफ्नै सरकारमा महत्वपूर्ण पद दिँदै सबैलाई चकित पारिदिएको भनी अन्तर्राष्ट्रिय मिडियाले टिप्पणी गरेका छन् ।

पछिल्लो केही हप्तायता राष्ट्रपति र प्रधानमन्त्रीबीच सरकार चलाउने विषयमा रस्साकस्सी चल्दै आएको थियो । यही सन्दर्भमा राष्ट्रपति मैत्रिपालाले नयाँ प्रधानमन्त्रीको रुपमा राजपाक्षेलाई नियुक्त गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.