नेकपालाई येचुरीको सुझाव, ‘सोभियत संघबाट पाठ सिक’
काठमाडौं : भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीले सोभियत संघको पतनबाट पाठ सिक्न सत्तासीन नेकपालाई सुझाव दिएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा भाकपा महासचिव येचुरीले सुझाव दिँदै भने, ‘सोभियत संघ समाजवाद र माक्सर्वादको सिद्धान्तको गल्तीका कारण नभई समाजवाद स्थापनाको ठोस योजना र कार्यान्वयन हुन नसक्दा विघटन भएको हो ।’
भारतीय कम्युनिस्ट पार्टीको अनुभव साट्न नेपाल आएका येचुरीले भने, ‘ठोस परिस्थितिको ठोस विश्लेषण गरी अघि बढ्न सक्नु पर्छ ।’ नेकपासँग दुई तिहाई बहुमतको सरकार भए पनि काम गर्न नसकेको भन्दै जनतामा गुनासा बढ्दै गएका बेला येचुरीले दिएको यो सुझावलाई महत्वका साथ हेरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र नेकपा महासचिव विष्णु पौडेलसँगको भेटवार्तापछि आयोजित कार्यक्रममा येचुरीले समाज भित्रका मुख्य अन्र्तद्वन्द्वको पहिचान गरेर असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने बताए । कम्युनिस्टहरूले गल्ती सुधार्ने गरेको औंल्याउँदै उनले भने, ‘गल्ती नसुर्धानु र दोहोर्याउनु मुर्खता हो ।’
नेपालमा लोकतान्त्रिक निर्वाचनबाट कम्युनिस्टहरूले दुई तिहाईको सरकार सञ्चालन गर्दा विश्वभरका कम्युनिस्टलाई प्रोत्साहन मिलेको पनि येचुरीको तर्क थियो ।
नेपाल र भारतबीच ठूलो र सानो नभई समान हैसियत भएको पनि यचुरीले बताए । ‘हामी जुम्ल्याहा भाईभाई हौं । कोही दाई वा कोही भाई होइनांै’, येचुरीले भने । एक अर्काको सुख र दु:ख जुम्ल्याहा भाई मात्र थाहा हुने पनि यचुरीले बताए ।