सरकारबाट आम नागरिक दिक्क : कांग्रेस नेता पौडेल

सरकारबाट आम नागरिक दिक्क : कांग्रेस नेता पौडेल

काठमाडाैं : कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारको कोरा नाराका कारण आम जनता वाक्क दिक्क भइसकेको बताएका छन्। जापानको राजधानी टोकियोमा नेपाल पत्रकार महासंघ जापान शाखाले आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सरकारले हावादारी गफमात्र गरिरहेको आरोप लगाएका हुन्।

‘प्रधानमन्त्री केपी ओलीको हरेक भाषणमा रेल र पानी जहाजका कुरा आउँछन्’, उनले भने, ‘तर आठ महिना बितिसक्दा पनि ती विषयमा कुनै सिन्को भाँचिएको छैन।’ दुई तिहाइको सरकारबाट जनताले धेरै आशा गरे पनि प्रधानमन्त्री स्वयंको हावादारी गफका कारण जनता निराश भएको उनले बताए।

लगानीमैत्री वातावरण भएमा विदेशिएका नेपाली स्वदेशमै फर्कन तयार रहेकाले त्यस्तो वातावरण बनाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.