नेकपाको चियापानमा बाबुराम नजाने, यस्तो छ कारण

नेकपाको चियापानमा बाबुराम नजाने, यस्तो छ कारण

काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले  सत्तासीन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शनिबार आयोजना गरेको चियापान कार्यक्रमको आलोचना गरेका छन्। 

शनिबार बिहानै सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै उनले नेकपाको चियापान कार्यक्रमको विरोध गरेका हुन् । आफूलाई आएका निमन्त्रणा कार्ड र शुभकामना कार्डको तस्बिरसहित पोस्ट गर्दै भट्टरार्इले गरीब देशको सर्वहारावर्गको दुहाइदिने पार्टीले ५० हजारलाई भोज खुवाउने कार्यक्रम गर्नु उचित नभएको बताएका छन्। 

उनले लेखेका छन्‘गरीब देशको सर्वहारावर्गको दुहाइदिने पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेकोभए राम्रो हुन्थ्यो कि ?’

उनले चियापान कार्यक्रम आफू नजाने घोषणासमेत गरेका छन् ।

नेकपाले दसैं, तिहार, नेपाल सम्वत, छठलगातका चाडबाडको उपलक्ष्यमा शनिबार चियापान कार्यक्रम आयोजना गरेको छ । गतसाल तत्कालीन एमाले र माओवादीले चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने घोषणा गर्दा बाबुराम भट्टराई पनि सामेल भएका थिए । पछि चुनावी टिकटका विषयमा विावद भएपछि बाबुराम गठबन्धनबाट बाहिरिएका थिए । 

सत्तासीन कमरेडहरू,
एउटै खाममा४वटाशुभकामना/निमन्त्रणा कार्ड पठाउनुभएकोमा धन्यवाद!तपाईंहरू सबैको भलो होस्,हाम्रो पनि शुभकामना!गरीब देशको सर्वहारावर्गको दुहाइदिने पार्टीले५०हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनको क्षेत्रमा लगानी गरेकोभए राम्रो हुन्थ्यो कि?त्यसैले म आउन सकिनँ!जय होस! pic.twitter.com/UEU8l3UQkc

— Baburam Bhattarai (@brb1954) October 27, 2018

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.