पोखरा प्रिमियर लिग : बुटवलसँग हार्यो पारसको टोली चितवन
पोखरा : पोखरामा जारी पोखरा प्रिमियर लिग(पीपीएल) क्रिकेट प्रतियोगितामा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोस सोमपाल कामीको कप्तानीमा रहेको बुटबल ब्लास्टर्ससँग &) रनले पराजित भएको छ ।
बलिङमा बुटवलका सोमपाल कामी र ललितसिंह भण्डारी चम्किएपछि चितवनले लज्जास्पद हार व्यहोरेको हो । चितवनल राइनोसले टस जितेर फिल्डिङ रोजेपछि बुटवलले पहिले ब्याटिङ गरेको थियो । बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो । १३६ रनको लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको चितवन १६.५ ओभरमा ६५ रन बनाउदा सबै विकेट गुमायो । चितवनका लागि भुवन कार्कीले बनाएको १९ रन नै उच्च स्कोर रह्यो कप्तान पारस खड्काले १० रन बनाए अन्य व्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन । चितवनका ३ ब्याट्सम्यान शून्य रनमै आउट भए ।
चितवनलाई धरासायी बनाउने क्रममा बुटवलका लागि कप्तान सोमपाल कामीले ४ विकेट लिए भने ललितसिंह भण्डारीले २ विकेट लिए ।
पहिले ब्याटिङ गरेको बुटवलका लागि शंकर रानाले ४८ र सागर पुनले ४६ रनको योगदान गरेका थिए । चितवनका लागि बलिङतर्फ करण केसीले २ विकेट लिएका थिए ।
शनिबार पीपीएलको अर्काे खेल काठमाडौं र धनगढीबीच हुदैछ ।