महासमिति तयारीमा जुट्यो कांग्रेस : सानेपामा पहिलो बैठक

महासमिति तयारीमा जुट्यो कांग्रेस : सानेपामा पहिलो बैठक

काठमाडौं : आन्तरिक विवादका कारण महासमिति बैठक हुने नहुने अनिश्चित भइरहेको बेला त्यसको तयारीका लागि  पहिलोपटक पार्टी पदाधिकारीको बैठक बसेको छ। शनिबार बिहान पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवासहित पदाधिकारी बैठक बसेको हो।

बैठकमा काठमाडौं उपत्याकाका तीन जिल्लाका जिल्ला सभापतिहरू पनि सहभागी थिए। काठमाडौं सभापति सबुज बानिया, ललितपुर सभापति मदन अमात्य र भक्तपुर सभापति दुर्लभ थापा पनि महासमिति बैठकको तयारी बैठकमा सहभागी भएका थिए।

सभापति देउवासहित उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पूर्ण बहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महतलगायतका नेता सहभागी बैठकले काठमाडौं जिल्लाका सभापतिको संयोजकत्वमा बैठक व्यवस्थापनका लागि उपसमिति गठन गरेको छ। बैठकमा तीन जिल्लाका पदाधिकारीहरू सदस्य रहनेछन्।

कांग्रेसले मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा महासमिति भेला आयोजना गर्ने घोषणा यस अगाडि नै गरिसकेको छ।

यसैगरी, पार्टीको विधान मस्यौदा समितिको बैठक सानेपामा जारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.