नेकपाको चियापानले भृकुटीमण्डपमा भीडभाड

नेकपाको चियापानले भृकुटीमण्डपमा भीडभाड

काठमाडौं : सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चियापान कार्यक्रम सुरु भएको छ। दसैं, तिहार, नेपाल सम्वत, छठलगातका चाडबाडको उपलक्ष्यमा आयोजित चियापान कार्यक्रम राजधानीको भृकुटीमण्डप बगैँचामा सुरु भएको हो।

शनिबार दिउसो १ बजेबाट सुरु भएको चियापानमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधारण सहभागी भइरहेका छन्।

कार्यक्रममा राज्यका संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदारहरूलाई निम्तो गरिएको नेकपाले जनाएको छ। ५० हजारजनालाई निम्ता गरिएको भनिएको चियापान समारोहमा निकै भिडभाड छ।

‘हाम्रो पार्टीले विगतदेखि नै नेपालीले मनाउँदै आएका चाडबाड र साँस्कृतिक पर्वहरूका अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्दै आएको सर्वविदितै छ’, महासचिव विष्णु पौडेलले भने, ‘नयाँ संविधानअनुसार तीनै तहको निर्वाचन सम्पन्न गरी मुलुक सम्मृद्धिको महाअभियानतर्फको राष्ट्रिय अठोटमा हिँडिरहेको वर्तमान अवस्थामा राज्यका सबै निकाय, राजनीतिक दल, नागरिक समाज तथा विकासका साझेदार मित्रहरूका बीचमा बलियो एकता र आपसी विश्वास अभिवृद्धि गर्न यसपटक पनि हाम्रो पार्टीले चाडपर्वका उपलक्ष्यमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरिएको हो।' चियापान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने छ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका नामबाट सहभागिताका लागि विभिन्न क्षेत्रमा निमन्त्रणा–पत्र पठाइएको महासचिव पौडेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.