कम्युनिष्ट किन कागतीचिया रुचाउँथे ? : स्टालिन र लेनिनका चिया स्वाद

कम्युनिष्ट किन कागतीचिया रुचाउँथे ? : स्टालिन र लेनिनका चिया स्वाद

काठमाडौं : कुनै रसियन नागरिकको परिवारमा विदेशी पाहुना बनेर जाँदा ‘पक्कै पनि भोड्का पिउन पाइन्छ’ भनेर सोच्नुभयो भने तपाईँ गलत हुन सक्नु हुन्छ ।

‘हरेक रसियनहरु रक्सी पिउँछन्’ भन्ने जुन मान्यता बन्यो यो आफैँमा एक प्रचारवाजी भएको रसियनहरुले नै सावित गरिदिएका छन् । अचेल रसियनहरुले भोड्का भन्दा पनि चिया पिउने अफर गर्न थालेको विभिन्न खोजले देखाएका छन् । रसिया बाहेक अन्य मुलुकका भव्य रेष्टुरेण्टमा समेत रसियन चियाका विभिन्न ‘आइटम’ लोकप्रिय छन् । अर्थात् रसियामा चिया एक संस्कृतिको रुपमै विकास भएको छ ।

केही वर्षअघि मात्रै गरिएको एक सर्वेक्षणमा ९४ प्रतिशत रसियनहरु हरेक दिन चिया पिउँछन् । प्रसिद्ध लेखक लिओ टोल्सटोय भन्ने गर्थे, ‘मलाई चिया अति नै चाहिन्छ । चिया बिना म काम गर्नै सक्दिन । चियाले मेरो सपना पछ्याउने जाँगरलाई जगाउँछ पनि ।’ टोल्सटोयको यो भनाइबाट पनि चियासँग रसियन संस्कृति जोडिएको भनी ब्याख्या गरिन्छ ।

चिया राष्ट्र :
चीनका एक शासकले पत्ता लगाएको चिया अचेल विश्वका अधिकांश देशमा संस्कृति बनिसकेको छ । रुसमा भने १९ औं शताब्दिदेखि चियाको प्रयोगले ब्यापकता पाएको बताइन्छ । चिया सस्तो पर्ने भएकाले पनि आम नागरिकले प्रयोग गर्छन् यहाँ । तर यसमा पनि धनाढ्य वा पूँजीपतिहरुले पिउने चिया र आम मान्छेले पिउने चियाको गुणस्तरमा पक्कै भिन्नता छ ।

सन् २०१६ मा यूरोमोनिटर अन्तर्राष्ट्रियले गरेको एक सर्वेक्षणमा ७८ प्रतिशत रसियनहरु हरेक दिन दुई पटक चिया पिउने तथ्य भेटियो ।

क्रान्तिकारीका अनेक स्वाद
१९१७ को अक्टोबर क्रान्तिका डिजाइनर तथा नायक भ्लादिमिर लेनिन समेत चियाका पारखी रहेको बताइन्छ । त्यसबेलाका क्रान्तिकारीहरुले आफ्ना संस्मरणमा उल्लेख गरे अनुसार लेनिन आफ्ना कम्रेडहरुसँग बसेर खुबै चिया पिउँथे ।

लेनिन देशनिकाला हुँदा कहिलेकाहीँ बियर र वाइन त पिउँथे । त्यसको अम्मली भने थिएनन् । लेनिनबारे रुसी मिडियाले सार्वजनिक गरेका तथ्य अनुसार चिया पिएपछि नै उनी आफूलाई रिफ्रेस भएको ठान्थे ।

कम्युनिष्ट तानशाह जोसेफ स्टालिन पनि त्यस्ता नेता थिए, जसलाई हरेक दिन चिया पिउनै पथ्र्यो । यति सम्म कि, विश्वका केही प्रभावशाली नेताले समेत स्टालिनसँग चिया बहस गरेको बारे संस्मरण नै लेखेका छन् ।

मार्सल अलेक्जेन्डर बासिलेब्स्कीले भनेका  थिए ः सधैँजसो स्टालिनसँगको बैठकका बेला उनका सहयोगीले स्टालिनलाई कागती मिसाएको चिया (लेमन टी) दिइरहेकै हुन्थे । आफ्ना सहयोगीले ल्याएको चियामा स्टालिन कागती निचोरेर सुरुप सुरुप पिउँथे ।

किन कागती चिया ?
स्टालिन मात्रै हैन, खासगरी रसियाको मौलिक संस्कृति नै हो कागती चिया । लेनिनकालिन समयमा कागती चियाको प्रयोग कम्युनिष्टहरुमाझ आनीबानी नै बनेको थियो ।

यतिसम्म कि, कागती चियालाई यहाँ आकर्षक डेजर्टको रुपमा पनि प्रयोग गरिन्छ । खाद्य विज्ञहरुका अनुसार यस्तो संस्कृति विकास भएको १८ देखि १९ औं शताब्दिको मध्यतिर हो ।

रुस एक चिसो भुगोल हो । तत्कालिन समयका घोडचढी यात्रीहरु खराब बाटोमा दौडिँदै गर्दा सिकनेसले समात्थ्यो । जसबेला उनीहरु न्यानोपनको लागि कागती मिसाएको चिया पिउने गर्थे । कागती चिया बाहेक पिउने प्लेन चिया वा दुध चियाको संस्कार पनि नभएको हैन । तर कागती चियामा मौलिकता भएको ठानिन्थ्यो ।

यसकारण पनि रुसमा कम्युनिष्टहरु कागती चिया मन पराउन थालेको टिप्पणी गरिन्छ । जब कि, दुध चिया वा प्लेन चियालाई अंग्रेजको संस्कारको रुपमा समेत ब्याख्या गरिन्थ्यो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.