नेकपा चियापानमा झापड खानेको चेतावनी : म चुप बस्दिन !

नेकपा चियापानमा झापड खानेको चेतावनी : म चुप बस्दिन !

काठमाडौं : पार्टीका चियापान समारोहमा कार्यकर्ताबाट नेता कुटिएका दृष्टान्त थिए । यसपटक त कार्यकर्तामाथि नै आक्रमण भयो । देशको सबैभन्दा ठूलो जनमत पाएको पार्टी नेकपाको चियापान समारोहमा असन्तुष्ट कार्यकर्तामाथि कुटपिट भएको हो ।

आज भृकुटीमण्डपमा नेकपाले गरेको चियापान समारोहमा असन्तुष्ट एक कार्यकर्तामाथि सोही पार्टीका एक अगुवाले हमला गरे । कसले कुटपिट गरे भन्ने चाहिँ पुष्टि भइसकेको छैन । चियापान समारोहको बहिष्कार गर्दै पर्चा बाँडिरहेको अवस्थामा युवराज पौडेल ‘सफल’ नाम गरेका कार्यकर्ता कुटिएका हुन् ।

पौडेलले नेकपा असन्तुष्ट समूहको नाममा एक मोर्चा समेत बनाएका थिए । त्यसको संयोजकको रुपमा उनले चियापानबीच पर्चा बाँडिरहँदा उनीमाथि आक्रमण भएको हो । यो घटनापछि युवराजलाई हामीले टेलिफोन गरी उनको प्रतिक्रिया लिएका थियौँ ।

पौडेलको प्रतिक्रिया जस्ताको त्यस्तै :

नेकपा नेतृत्वको सरकारले गरेका पछिल्ला गतिविधि र निर्णयबाट जनता निराश बनेका छन् । बलात्कारका दोषी अझै पक्राउ पर्न सकेका छैनन् । माफियाहरु सक्रिय छन् ।

अपराध, भ्रष्टाचार, महंगी जस्ता समस्यालाई सरकारले सम्बोधन गर्न सकेकै छैन । जनतामा निराशा छाएको यस्तो अवस्थामा ५० हजारलाई बोलाएर चियापान गर्नुको औचित्य छैन भनेर हामीले केही दिन अघिदेखि नै भन्दै आएका थियौँ । यो फजुल खर्च गर्ने समय हैन । चियापानको रकमले बरु अन्य महत्वपूर्ण काम गर्न सकिने थियो ।

चियापानको अघिल्लो दिन मात्रै पनि हामी असन्तुष्ट केही साथी मिलेर विज्ञप्ति जारी गरिसकेका थियौँ । नेकपाका उच्च नेताहरुलाई पनि भेटेरै यसबारे सुझाव दियौँ । तर सनुवाइ भएन । अन्ततः चियापान समारोहमै उपस्थित भएर आम कार्यकर्ता र जनतालाई नै हाम्रो कुरा भन्नु पर्छ भन्ने ठानेर पर्चा बाँड्न पुगेका थियौँ ।

अरिंगाल जाइलागे :
प्रधानमन्त्रीले केही समयअघि कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन दिइरहेका थिए । त्यसैको परिणाम आज ओली र प्रचण्डबाट पालित पोषित भाडाका कार्यकर्ताले ममाथि आक्रमण गरे । ओलीका अरिंगाल नै ममाथि जाइलागे ।

व्यक्तिगत रुपमा मलाई यसले केही असर परेन होला । आम जनताले अब नेकपा तथा सरकारलाई कसरी बुझ्लान् ? के सोच्लान् ? यस्तो अहंकार देखाउँदै जाने हो भने यो पार्टी जनतामा झनै अलोकप्रिय हुन्छ । म लगायत हामी असन्तुष्ट थुप्रै कार्यकर्ता यस्ता हमला सहेर बस्न सक्दैनौँ ।

साना समूह वा फरक विचारको सामना गर्न नसकेर आक्रमण गरिराख्ने हो भने हामी पनि चुप लागेर बस्ने छैनौँ । हामीलाई धेरै जनताले साथ दिने छन् । अन्ततः सशस्त्र संघर्ष गर्न पनि तयार हुन्छौँ हामी ।

ममाथि आक्रमण भइरहँदा नजिकै थिए नेकपाका नेताहरु । लेखनाथ न्यौपाने, देवेन्द्र पौडेल, शक्ति बस्नेतलगायत नेताहरु नजिकै थिए । प्रहरी अधिकारीकै अगाडि नेकपाका कार्यकर्ताले हमला गरे ।

यो घटना दुखद् हो । मलाई नै कसैले परिचालित गर्यो की भनेर आशंका गरे । तर खासमा ती पिट्ने कार्यकर्ता नै भिजिलान्ते हुन् । विचारबाटै प्रतिवाद गर्न सकिने कुरा हुँदा पनि तिनिहरु हातपातमै उत्रिए । यसले यो सरकारको छवि नै उदांगो पारिदिएको छ ।

वास्तवमा बृहत कम्युनिष्ट पार्टी निर्माण गर्ने हाम्रो अभियान हो । भ्रष्टाचार नियन्त्रण गर्ने, माफियालाई कारवाही गर्ने र बलात्कारीलाई पक्राउ गर्न हाम्रो दबाब निरन्तर हुनेछ । यो घटनाले  सरकार कायर भएको पुष्टि भएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.