सिरियामा राजनीतिक समाधान खोज्नुपर्छ : सुरक्षा परिषद

सिरियामा राजनीतिक समाधान खोज्नुपर्छ : सुरक्षा परिषद

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरिया समस्या राजनीतिक रुपमा समाधान गर्नुपर्नेमा सहमति व्यक्त गरेको छ। परिषदका सबै सदस्य यस विषयमा सहमत भएको समाचारमा जनाइएको छ। तर त्यो राजनीतिक समाधानको मोडल कस्तो हुने र त्यसका लागि आवश्यक पर्ने नयाँ संविधान निर्माणका लागि कस्तो मस्यौदा गर्ने भन्ने बारेमा भने एकमत नभएको बताइएको छ।

सिरिया समस्याको राजनीतिक समाधान खोज्नुपर्छ भन्नेमा त सबै सहमत भएको तर त्यो समस्या समाधानको नमूना कस्तो हुने भन्ने विषयमा भने एकमत हुननसकेको बैठकपछि एक सदस्यले बताएका छन्।

शुक्रबारको सुरक्षा परिषद् बैठकमा सिरियाका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि स्टेफन डि मिस्तुराले सिरिया संकटबारे जानकारी गराएका थिए। ‘समस्या समाधानका लागि सिरियाको सरकारसँग पनि कुराकानी भएको छ र राजनीतिकरुपमा समस्या हलगर्ने बारेमा मैले कुरा गरेको छु,’ उनले भने।

विशेषदूत मिस्तुराले हालैमात्र सिरियाली विदेशमन्त्री वालिद मुआलिमसँग कुराकानी गरेका थिए। त्यस भेटवार्ताको बारेमा पनि उनले शुक्रबार भएको सुरक्षा परिषदको बैठकमा जानकारी गराए। सहमतिको संविधान मस्यौदाका लागि सिरियाली सरकारले सरकारी प्रतिनिधि, सिरियाली विपक्षी राजनीतिक दल र नागरिक समाजका तर्फबाट प्रतिनिधित्व गराइनुपर्ने मोडलमा कुराकानी गरेको विशेषदूत मिस्तुराले जानकारी दिए।

त्यस अनुसार काम गर्दा सरकार, विपक्षी दल र नागरिक समाजका तर्फबाट सबैका ५० जना गरी १५० जनाको समूहले काम गर्नसक्ने अनुमान गरिएको उनले बताए। सिरियामा लामो समयदेखि गृहयुद्ध जारी छ। यसका कारण लाखौँ नागरिकको ज्यान गएको छ भने अरु लाखौँ जना घरबारविहीन भएर विदेशी भूमिमा शरणार्थीका रुपमा बसेका छन्।

सिरिया संकट संसारकै टाउको दुखाइको विषय भएको छ। सिरियाली समस्या कसरी सममाधान गर्ने भन्ने विषयमा अहिलेसम्म संयुक्त राष्ट्रसंघले पनि विभिन्न मोडेलमा काम गरिरहेको छ।

तर संयुक्त राष्ट्रसंघ समस्याको ठोस समाधानका लागि अहिलेसम्म कुनै उपाय भन सफल हुन सकेको छैन।

रासस/एपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.