काठमाडौं र बुटवल विजयी
काठमाडौं : पोखरा प्रिमियर लिग अन्तर्गत शनिबार काठमाडौं रोयल्स र बुटवल ब्लास्टर्स विजयी भएका छन्। पोखरा रंगशालामा भएको खेलमा काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १७ रनले हरायो। बुटवल ब्लास्टर्सले दाबेदार टोली चितवन राइनोजलाई ७१ रनको फराकिलो अन्तरले पराजित गर्यो।
काठमाडौंले प्रस्तुत गरेको एक सय ८१ रनको लक्ष्य पछ्याएको धनगढीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६३ रन बनाएको थियो। उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वा्धिक ५४ रन बनाए। को अर्धसतकिय इनिङ्स खेलेपनि टिमलाई जिताउन सकेन। उनले ४२ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे।
मध्यम शुरुवात गरेको धनगढीका लागि सन्दीप जोराले २७ रन जोडे। ११ बल खेलेका जोराले ३ छक्का र र १ चौका प्रहार गरे। सौरभ खनाल १४ बलमा १७ रन बनाउँदै पेभेलियन फर्किए। पिटर डेभिड ट्रेगोले १९ रन बनाए। सन्दीप सुनारले ११, ड्यानियल लरेन्स ८ रनमा आउट भए। मन्जित श्रेष्ठ ४ रनमा आउट भए। सन्तोस भट्ट ७ रनमा नटआउट रहे।
काठमाडौंका सुसन भारी, अमरसिंह राउटेला र बसन्त रेग्मीले समान २ विकेट लिए। नन्दन यादव र गौरव तोमरले समान १ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धा्रित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रनको योगफल खडा गर्यो। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका गौरवले ४४ बलमा ९५ रन जोडे। उनले ४ चौका र १० छक्का प्रहार गरेका थिए। उनलाई तेस्रो विकेटका लागि नरेश बुढाएरले राम्रो साथ दिएका थिए। यी दुइले ९६ रनको साझेदारी गरे। नरेशले २४ बलमा २ चौका र २ छक्कासहित ३६ रनको आक्रामक इनिङस खेले।
त्यसअघि काठमाडौंका लागि दुवै ओपनरले औसत सुरुवात दिएका थिए। अमित श्रेष्ठले २१ बलमा १२ रन जोडे। जयकिशन कोल्सावालाले ३० बलमा २५ रन जोडे। उनले गौरवसँग दोस्रो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए। धनगढीका लागि पिटर ट्रेगो, दीपेन्द्र सिंह ऐरी र सागर ढकालले १(१ विकेट लिए।
लिग अन्तरगत आइतबार २ खेल हुनेछ। पहिलो खेलमा विराटनगर टाइटन्स र एक्सपर्ट घनगढी ब्लुज तथा बुटवल ब्लास्टर्स र पोखरा पल्टनबीच खेल हुनेछ।
यसैगरी अर्को खेलमा टस हारी पहिलो ब्याटिङ गरेको ब्लास्टर्सले शंकर राणा र सागर पुनको उल्लेखनीय प्रदर्शनको मद्दतमा २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३५ रन बनायो।
जवाफी ब्याटिङ्गमा उत्रेको राइनोजलाई सोमपालले शुरुदेखि नै विकेट गुमायो र १६ दशमलव ५ ओभरमा ६५ रनमै समेटिएको थियो। आफ्नो पहिलो ओभरमै ओपनर अनिल कुमार साहलाई डकआउट गरेका सोमपालले बुटवललाई उत्कृष्ट शुरुवात दिलाएका थिए। त्यसपछि कप्तान पारसले दुई चौका प्रहार गर्दै आफ्नो मनसाय स्पष्ट पारेका थिए। त्यहि ओभरमा ललित सिंह भण्डारीले अर्का ओपनर सोनु तामाङ्गलाई शुन्य रनमै बोल्ड गरेका थिए।
त्यसपछि सोमपालले लगातार दुई बलमै पारस र आरिफ शेखलाई पेभिलियन फर्काएपछि राइनोज निकै दवाबमा आयो। ललितले लगत्तै सन्नी पटेललाई पेभिलियन फर्काएपछि राइनोजले २१ रनमै ६ विकेट गुमाउन पुग्यो र कुनै पनि समय खेलमा फर्कन सकेन।
राइनोजका लागि भुवन कार्कीले सर्वा्धिक १९ रन बनाए भने पारसको नाममा १० रन रह्यो। भुवनले २६ बलमा दुई चौका प्रहार गरे। म्यान अफ द म्याच सोमपालले चार ओभरमा १३ रन खर्चदै चार विकेट हात पारे। यस्तै ललितले तीन ओभरमा १४ रन दिएर दुई विकेट लिएका थिए।
यसअघि करण केसीले खेलको पहिलो ओभरमै ब्लास्टर्सका दुई बिदेशी खेलाडी चिराग सुरी र रोहन मुस्तफाको लगातार विकेट लिएपछि राइनोजले खेलमा पकड जमाएको थियो।
त्यसपछि भिम सार्कीलाई पनि दुई रनमा गुमाएपछि ब्लास्टर्सले १० रनमै तीन विकेट गुमाउन पुग्यो। तर सागर र शंकरले चौथो विकेटका लागि ६८ रन जोड्दै ब्लास्टर्सलाई सम्हालेका थिए। ४८ बलको सामना गरेका सागर ४६ रनमा शक्ति गौचनको बलमा आउट भएका थिए।
सागरले तीन चौका र दुई छक्का प्रहार गरेका थिए। सागरको विकेट पतनपछि शंकरले पाचौं विकेटका लागि सिद्धान्त लोहनीसंग ५१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। दुई बल बाकी छंदा रन आउट भएका शंकरले पांच चौका र एक छक्का प्रहार गर्दै ४१ बलमा ४८ रन बनाए। सिद्धान्त १५ बलमा दुई चौकाको मद्दतमा १७ रनमा नटआउट रहे।