थारू महिलाको दुना–टपरी उद्योग फस्टाउँदै

थारू महिलाको दुना–टपरी उद्योग फस्टाउँदै

दाङ : दाङको लमही नगरपालिका–८ भैस्कोर्माका थारू समुदायका महिलाले सामूहिक रूपमा खोलेको दुना–टपरी उद्योग फस्टाउँदै गएको छ। ६ वर्ष पहिले स्थानीय पाँच थारू समुदायका महिलाले जनही दुई हजार रुपैयाँ लगानी गरेर सामूहिक रूपमा सञ्चालन गरेको दुना–टपरी उद्योगले अहिले लाखौं रुपैयाँ बचत गर्न सफल भएको हो। 

वन जङ्गलमा त्यसै खेर गइराखेका साल र मालुकाका पातहरू सदुपयोग गरी सामूहिक रूपमा दुना–टपरी उद्योग खोलेका भैस्सकोर्माका महिलाले त्यसैबाट लाखौं  रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । उद्योग सञ्चालक समितिका अध्यक्ष फुलकुमारी चौधरीलेअहिले उद्योगबाट पाँच लाख २६ हजार बचत गर्न सफल भएको बताइन् । 'सुरुमा उद्योग कसरी सञ्चालन होला, चल्दैन कि भन्ने चिन्ता थियो । त्यसमा पनि दुना–टपरीबाट पैसा आर्जन गर्ने सकिएला र ? भन्ने आशङ्का थियो । तर, अहिले राम्रो आम्दानी गर्न सफल भएका छौँ,' उनले भनिन्। 

उद्योग सञ्चालक समितिका सदस्य तेजकुमारी चौधरीले सबै मिलेर खोलेको हुँदा सामूहिक कामले सफल भएको विश्वास व्यक्त गरिन्। उनले उद्योगबाट बचत भएको रकम सहुलियत दरमा गाउँमै ऋण लगानी गरेको बताइन्। उनले समूहमा आबद्ध भएका महिलाले छोराछोरीको पढाइ खर्च, घर खर्च आवश्यक परेमा पैसा निकालेर खर्च गर्ने र पैसा भएपछि ल्याएर उद्योगमा दिने गरेको बताइन्। 

सदस्य चौधरीका अनुसार अहिले दुना-टपरीको माग निकै बढेको छ । उनले पहिला पातहरू घर नजिकैका जङ्गलमा पाइने भएपनि अहिले तीन/चार घण्टा पैदल हिँडेर पात ल्याउनु पर्ने भएकोले समस्या भएको बताइन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.